
काठमाण्डाै – एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने भएका छन् । एनसेल एजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरि दैनिक र तीन दिने सहुलियत प्याक गरि दुई वटा भ्वाइस प्याक ल्याएको छ।यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो।यो अभियानले भविष्यको पुनर्कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलले जनाएकाे छ।
दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रुपैयाँमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुरु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ ।यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले *१७११८*७*१# ह्यास डायल गर्नुपर्ने एनसेलले जनाएकाे छ ।त्यसैगरि ‘विन्टर अफर’ अन्तर्गत प्रिपेड ग्राहकका लागि तीन दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित १४ रुपैयाँमा खरिद गर्न सक्छन् र १ दशमलव ९९ प्रतिमिनेट (करसहित २ दशमलव ५४ रुपैयाँ प्रति मिनेट) को दरमा भारत कल गर्न सक्छन्।भ्वाइस प्याक विना भारत कल गर्दा विद्यमान शुल्क २ दशमलव ९९ रुपैयाँ प्रति मिनेट (करसहित ३ दशमलव ८२ रुपैयाँ प्रति मिनेट) रहेको छ ।प्रिपेड ग्राहकले *१७११८*७*२# डायल गरि यो भ्वाइस प्याक सजिलै सुरु गर्न सक्छन् ।ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार यो योजना ल्याइएको एनसेलले जनाएको छ।