सरकारले पहिलो चरणमा शुरु गरेको कोरोना विरुद्धको खोप अभियानमा झापाको दमकमा खोप लगाउनेको संख्या ९ सय ६४ पुगेको छ । आज थप ३० जनाले खोप लगाएसँगै ७ दिन सम्ममा खोप लगाउनेको संख्या ९ सय ६४ पुगेको हो ।

आज ९ पुरुष र २१ महिलाले कोरोना विरुद्धको खोप लगाएको डाक्टर सुरक्षा बाँसकोटाले जानकारी दिनुभयो । अहिले सम्म दमकमा कोरोना विरुद्ध ३ सय ९९ पुरुष र ५ सय ६५ महिलाले खोप लगाएका छन् । खोप भोली सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर