स्थानीय तह निर्वाचन बिरुद्ध राजपाले मसाल जूलुस देखि आमहड्तालसम्मका कार्यक्रमहरु ल्याएपछि मेधशि जनता आक्रोशित भएकाछन् ।
उनिहरुले अब राजपालाइ बहिश्कार गर्नेसम्मका चेतावनी दिएकाछन् । स्वार्थको राजनीति गरेर आफूहरुलाइ प्रतिनिधि चुन्ने अधिकारबाट बञ्चित गराउन खोजिएको भन्दै मधेशी नेताहरुलाइ गाँउ नपस्न चेतावनी समेत दिएकाछन् ।
सिरहाका अभिषेक देबले निर्वाचनको तयारीमा आफूहरु लागेको अवस्थामा माथि बसेर हड्ताल गरेकाले त्यो आफूहरुले नमान्ने बताए ।
आफूहरु निर्वाचनमा सहभागि हुने भन्दै राजपा छाडेर भएपनि आफूहरु अब नयाँ पार्टीमा गएर आफ्नो अधिकार प्रयोग गर्ने उनको भनाइ छ ।
राजपा नेताहरुलाइ चुनाव बिथोल्न मधेश पसे अब सुरक्षाकर्मीहरुलेमात्र नभएर कार्यकर्ताहरुले नै लखेट्ने अवस्था आउने देखिएको सप्तरीका एक पत्रकारले बताएकाछन् ।
उनका अनुसार सुरक्षा ब्यवस्था कडा र चुनाव बिथोल्न कुनै हालतमा नदिने रणनीति प्रशासनको रहेको र स्थानीयहरु चुनावमा उत्साहित भएकाले आफूखुसि आन्दोलन गर्ने नेताहरु संकटमा पर्ने देखिएको छ ।



