काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २७७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५७३ पुगेको छ।

गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ र २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ३० आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ५ आइसियुमा, लुम्बिनी प्रदेशमा २४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा एकजना आइसियुमा रहेका छन् भने कुनै पनि बिरामी भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय