प्रोटिन एक जैविक अणु अथवा बायोमोलिकुल हो जुन एमिनो एसिडहरूको बिल्डिङ ब्लकहरूले बनेको हुन्‍छ । जीवित वस्तुहरूका लागि प्रोटिन शक्ति वा तागतको स्रोत मात्र हैन, जैविक कोषहरू धेरै प्रोटिन मेसिनरीहरूबाट सञ्चालित हुने गर्छ । केही वर्षअघि वैज्ञानिकहरूले पहिला एमिनो एसिड अथवा एमिनो एसिडसँग सबै गुण मिल्ने अणु अन्तरिक्षमा फेला पारे । त्यस्तै वर्षौं पहिले नै जिउँदो जीवनका लागि महत्वपूर्ण हुने अन्य अणुसमेत अन्तरिक्षमा भेटिए । साथै एमिनो एसिडका सिक्रीहरूसमेत भेट्टाइयो । तर पूर्ण प्रोटिन बनाउन पुग्ने मात्रामा भने भेटिएको थिएन ।

निर्जीव पदार्थबाट सजीव पदार्थ बन्‍न सबैभन्दा पहिले निर्जीव पदार्थले सजीव पदार्थको बायोमोलिकुल बनाउनु अनिवार्य हुन्‍छ । उक्त बायोमोलिकुललाई हामी एमिनो एसिड भन्‍ने गर्छौं । तिनै एमिनो एसिडहरू निर्धारित सिक्रीजस्तो लहराको गुजुल्टो बनाएर मिलेर प्रोटिनहरू बनाउँछ । प्रोटिनहरूबाट सजीव पदार्थ निर्माण भएको भेटिन्‍छ ।हालै प्रयोगशालामा गरिएको अनुसन्धानमा धूम केतु वा पुच्छ्रेताराको टुक्रा प्रिस्टिन स्पेस रकमा मिथाएल-एमाइन भेटिएको थियो । जीवको अस्तित्वको प्रतिनिधित्व गर्ने मिथाएल एमाइन प्रिस्टिन स्पेस रकमा भेटिनु आचार्यजनक कुरा थियो । किनकि बिना कुनै शक्ति ब्रह्माण्डको भ्याक्युम वा खाली ठाउँमा बायोमोलिकुल मिथाएल एमाइन बन्‍न सक्ने सम्भावना तत्कालीन विज्ञानको समझ बाहिरको कुरा थियो ।

मिथाएल एमाइनलाई प्रयोगशालामा जब अल्ट्रा हाइ-भ्याकुमभित्र पानीको बरफको उपस्थितिमा बिना कुनै इनर्जी छोडियो यो ग्लाइसिनमा परिवर्तन भयो । हुने निश्चित भएपछि यसले जीवनको उत्पत्तिको बिन्दुबारे नयाँ तत्त्व उजागर गर्न परीक्षण सफल बन्यो । किनकि सिद्धान्तः ग्लाइसिन एक प्रकारको एमिनो एसिड हो जुन मिथाएल एमाइनबाट बन्‍ने गर्छ । ग्लाइसिन निर्माण भएपछि यो एमिनो एसिडको प्रिकर्सर बन्‍ने, अन्य फंगसनल ग्रुपहरू बनाई प्रोटिन बन्‍ने र अन्ततः जीवनको उत्पत्ति सम्भव हुने तथ्यहरू पहिले नै थाहा भएका कुराहरू भए ।अनुमानअनुसार ग्लाइसिनलगायत सम्भवतः अन्य धेरै एमिनो एसिडहरू नयाँ ताराहरू ग्रहहरूमा परिणत हुनुभन्दा पहिल्यै बाक्लो कालो बादल सँगै अस्तित्वमा थिए । नयाँ अनुसन्धानहरूले एमिनो एसिडहरू सैद्धान्तिक रूपमा तारा र ग्रहहरूको उत्पत्ति हुनुभन्दा पहिलेदेखि नै अस्तित्वमा रहेको तथ्य उजागरसमेत गर्‍यो ।

विज्ञानका अनुसार धूम केतु वा पुच्छ्रे्रताराहरू सौर्य मण्डलमा बन्‍नुभन्दा पनि पहिले अस्तित्वमा थिए । सौर प्रणाली मूलतः बरफका धुलोका कणहरूबाट बनेको देखिन्‍छ । नयाँ ताराहरू बनेको क्षेत्रहरूमा तापक्रम-२६३ डिग्री सेल्सियसको आसपासमा रहने गर्छ । जब उक्त तापक्रममा बरफका धुलोका कणहरू घनाबादल जस्तो आईसी-म्यानटल बनाएर बसेको देखिन्‍छ । चिसो आईसी-म्यानटलमा ग्लाइसिनलगायत सम्भवतः अन्य धेरै एमिनो एसिडहरू लामो समय ठूलो संख्यामा सुरक्षित रहन सक्दथ्यो ।रसायनशास्त्रमा यदि रियाक्सन हुनका लागि कुनै शक्तिको विकिरणको आवश्यकता पर्दैन वा कुनै शक्तिबिना नै सम्भव बन्‍छ भने त्यसलाई डार्क-केमेस्ट्री भनिन्‍छ । भ्याक्युम अवस्थामै अन्धकारबिना कुनै इनर्जीको खपत गरी सम्भव भएको देखिएको यो रियाक्सनलाई ‘डार्क-केमेस्ट्री’अन्तर्गत राखियो ।सैद्धान्तिक मोडेलअनुसार ६८५ डार्क-इनर्जी, २७५ डार्क-म्याटर र मात्र ५५ सामान्य पदार्थबाट सारा ब्रह्माण्डको निर्माण भएको वैज्ञानिकहरूको अनुमान छ । यहाँ हामीले देख्न सकिने सबै ताराहरू, ग्रहहरू र आकाशगङ्गाहरूलाई सामान्य पदार्थ भनिएको हो । बाँकी रहस्यमय अन्धकारलाई डार्क-इनर्जी र डार्क-म्याटरमा राखिएको हो ।अन्धकारबाट प्राप्त शक्ति नै ब्रह्माण्डको सञ्चालनको सबै शक्तिको स्रोत रहेकोतर्फ प्राप्त सबै सूचनाले संकेत गर्छ ।

अन्धकारको चरित्र कस्तो हुन्‍छ र केबाट बनेको छ त्यो हालसम्म हामीलाई थाहा हुन सकेको छैन । वैज्ञानिकहरू अन्धकार हुनु भनेको त्यहाँ केही पनि नभएको अथवा पूर्ण रित्तो रहेको अवस्था पक्कै होइन भन्‍ने ठान्‍छन् । विज्ञानले हरेक पदार्थको आफ्नै आकर्षण-विकर्षण र गुरुत्वाकर्षण रहनुसँग अन्धकार डार्क इनर्जीको केही न केही लेनादेना हुनुपर्छ भन्‍ने अनुमान गर्छ । भर्खरै हुँदै गरेका अनुसन्धानहरूबाट वैज्ञानिकहरूमा डार्क-इनर्जी र डार्क-म्याटर एकै सिक्काका दुई भाग रहेको महसुस गराएको भेटिन्‍छ ।

ऋग्वेदको नसडिया सूत्रले उल्लेख गरेअनुसार ब्रह्माण्डको सृष्टिअघि कुनै आकार, पिण्ड, चिज, बीज र प्रकाश जस्ता चीज अस्तित्वमा थिएन । हटाउन नसकिने, अज्ञात, स्थिर र निष्क्रिय तरल पदार्थ युक्त अँध्यारोले भरिएको थियो । सांख्य दर्शनअनुरूप केवल जीवन र निष्क्रिय अँध्यारो तरल वस्तु सृष्टि अघि अस्तित्वमा थियो ।मनुस्मृतिले यस निष्क्रिय अन्धकार पदार्थ वास्तवमै जड, हाम्रा इन्द्रियहरूले महसुस गर्न नसकिने, अनौठो रहेको उल्लेख गर्छ । ऋगबेदका अनुसार त्यही अन्धकारबाट निकै तीव्र गतिमा प्रकृतिको गर्भमा असंख्य आकाश गङ्गाहरूसहित ब्रह्माण्डभित्र अस्तित्वमा आए । जसमा अदृश्य तरल पदार्थ अथवा अँध्यारोले अन्तरिक्षमा भरियो । गतिशील ब्रह्माण्डको निर्माण भयो ।

पुरुष सूक्तको दोस्रो पदले बताए अनुरूप सुरुवातको अविनाशी तरल पदार्थ युक्त अँध्यारो ब्रह्माण्डको मूल तत्त्व ऊर्जाको रूपमा प्रवाहित भईरहेछ । त्यसको अत्यन्त सानो अंशमात्र ब्रह्माण्ड भित्र रहेका विभिन्‍न पदार्थहरूको निर्माणमा सक्रिय रहँदै आएको छ । सूक्तको तेस्रो पदका अनुसार ब्रह्माण्डमा मूल ऊर्जाको रूपमा प्रवाहित ऊर्जा मध्येको अत्यन्त थोरै ऊर्जा मात्र ब्रह्माण्डको ऊर्जाको रूपमा रहेर सम्पूर्ण ब्रह्माण्डको निर्माण, परिमार्जन र रूपान्तरणमा उपयोगमा आइरहेको छ । जसको ठूलो अंशको सृष्टि चक्रभित्र निष्क्रिय रूपमै राखी कुनै उपयोग गरिएको छैन ।

पुरुष सूक्तको छैटौँ पदअनुसार विशाल, अनन्त र अविनाशकारी अस्तित्वको अत्यन्तै सानो हिस्सा मात्र सृष्टिको सम्पूर्ण चक्रलाई नियन्त्रणमा राख्न पर्याप्त देखिएको छ । बाँकी रहेको विशाल हिस्सा निष्क्रिय अँध्यारो ऊर्जाका रूपमा अस्तित्वमा रहेको देखिन्‍छ । हाम्रो परम्परागत मान्यतामा उक्त अन्धकारलाई शक्तिका रूपमा मान्दै हामीले औँसीको नाम दिएका छौँ । जुन हाम्रो आफ्नो अस्तित्वसँग गहिरो साइनो राख्छ । भाद्र कृष्ण औँसीको दिनलाई कुशे औँसी र बुबाको मुख हेर्ने दिन भनिन्‍छ । मातातीर्थ औँसीलाई भने आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्‍छ ।

शास्त्रले मातापछि पितालाई वन्दनीय वा पूजनीयको दर्जा दिने गर्छ । माता एवं पिताले आफ्नो सन्तानको पालन-पोषण निःस्वार्थले गर्ने गर्दछन् । यसैले माताको साथ पितालाई देवता पनि भनिएको छ । कुश वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुवैमा अनिवार्य प्रयोग गरिने हानिकारक जीवाणुनाशक, सूर्यको विकिरण रोक्ने औषधीय झार हो ।बुबाको र आमाको मुख हेर्ने औँसीको दिनमा बिहानै उठी नुहाई धुवाई गरी आमा बुबाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी उपहार दिई मिष्टान्‍न खुवाई मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भनिन्‍छ । वर्षभरिमा प्रायः एकचोटि या दुइचोटिसम्म सोमबारे औँसी पर्ने गर्दछ । सोमबारे औँसीको दिन मौन रहेर स्नान र ध्यान गर्ने तिथिको रूपमा मनाइन्‍छ ।

विज्ञान र वेद दुवैको निचोडमा मानिसको सृष्टि हुने मुख्य बीज तत्त्व डार्क-केमेस्ट्रीको देन हो । मानिसको अन्तः पनि ब्रह्माण्डमै अन्धकारमा पुगेर समाप्त हुन्‍छ । एकातर्फ अन्धकार वा अल्ट्रा हाइ-भ्याकुमभित्र पानीको बरफको उपस्थितिमा बिनाकुनै महसुस वा मापन गर्न सकिने शक्तिको उपयोगबाट जीवनको अस्तित्व पैदा गर्ने तत्त्वको उत्पत्ति हुने गरेको भेटिन्‍छ । अर्कोतर्फ अन्धकारबाट प्राप्त शक्ति नै ब्रमाण्डको सञ्चालनको सबै शक्तिको स्रोत रहेकोतर्फ प्राप्त सबै सूचनाहरूले सङ्केत गर्छ ।एक अद्भुत अन्धकार जसले हाम्रो जीवनका लागि सम्पूर्ण उपायहरूको जोहो गर्‍यो त्यो सबै हामीले आफ्नो आमा-बुबाहरूमार्फत नै प्राप्त गर्छौ । तिनै आमा-बुबाहरूले नै हाम्रो लालनपोषण र सुरक्षा गर्ने गर्छन । त्यो अर्थमा बुबा होस् वा आमाप्रति आफ्नो धन्यता र कृतज्ञता प्रकट गर्न औँसीकै दिन छानिएको हो । अद्भुत शक्तिशाली अन्धकारको पर्यायका रूपमा ।ध्यान अथवा मेडिटेसन गर्नु आफ्नो अन्तरआत्माको पहिचान गरी अन्तरमनको यात्रामा निक्लनु हो । हरेक अन्तरमनको यात्रामा समेत त्यही स्थिर, निष्क्रिय तर तरल अँध्यारोको अनुभूतिपश्चात् आफूलाई चिन्‍न सहयोग गर्ने हुँदा सोमबारे औँसीको दिन नै छानिएको हो । यो अर्थमा तिनै प्रकृतिको औँसी मनाउनुको औचित्यको वैज्ञानिक तथा वैदिक दुवै पक्षबाट स्थापित भएको मान्‍नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah