काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले नेपाल बन्दमा जलाइएको ट्याक्सीको क्षतिपूर्ती दिने भएको छ।बिहीबार प्रचण्ड–माधव नेपाल समूहको नेपाल बन्दका क्रममा सामाखुसीमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने उपप्रधानमन्त्री ईश्वर पोखरेलले घोषणा गरेका हुन्।

हिजो बिहीबार प्रचण्ड–नेपाल पक्षले गरेको आमहडतालमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने बताएका छन्।त्यस्तै प्रधानमन्त्री ओलीले पनि नेपाल बन्दमा जलाइएको ट्याक्सीको क्षतिपूर्ति दिने बताए।‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलायो,’ उनले भने,‘धन्न चालक बचे।

ट्याक्सीको बिमा गरेको छ होला । क्षतिपूर्ति सरकारले दिन्छ।जनतालाई मन पराउने सरकार छ।बिहीबार काठमाण्डुको सामाखुसीमा प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय