भरतपुर महानगरमा पुन मतदान की र मतगणना शुरु गर्ने भन्ने अन्योल भएपछि मतदाताहरुमात्र होइन भरतपुरबासीहरु नै अन्योलमा परेकाछन् ।
त्यतिमात्र नभएर देश बिदेशमा समेत यसलाइ चासो पूर्वक हेरिएकाले छिटो निर्णय आए हुन्थ्यो भन्ने सबैको चाहाना रहेको छ ।
निर्वाचन आयोगले बिबादश्पद रुपमा मतगणनास्थल कब्जा भनेर १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाइ अहिलेसम्म भएको छैन ।
जसका कारण निर्वाचन मिति तोकिएको छैन । निर्वाचन आयोग पनि चाँडो निर्णय आओस भन्ने पक्षमा रहेको छ । त्यहाँको प्रहरी र खटिएका निर्वाचन कर्मचारीहरुले नै २ जना माओबादी कार्यकर्ताले मतपत्र च्यातेको बताएका थिए ।
आयोगको घटनापछि पठाएको बिज्ञप्तिमा पनि मतगणनास्तल कब्जा गरिएको भनेर कहि उल्लेख रहेको छैन । यसले गर्दा अदालतको निर्णय के आउला भनेर धेरैको आँखा त्यतातिर सोजिएकाछन् ।










