लन्डन । बेलायतमा कोरोना संक्रमण दर तथा मृतक संख्यामा केहि कमी आएको छ । लकडाउन र कोरोना विरुद्धको खोपका कारण यसको प्रभाव कम हुँदै गएको अधिकारीहरुले बताएका छन् । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ८२८ जनाको मृत्यु भएको छ ।

यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ। अघिल्लो दिन एक हजारभन्दा बढी मृत्यु भएकोमा शनिबार मृतक संख्यामा कमी आएको हो ।

यसैगरी पछिल्लो तथ्याँकअनुसार २४ घन्टामाभित्र थप १८ हजार २६२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख २९ हजार ८३५ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागको जनाएको छ । हाल यहाँका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

बेलायतमा एक करोड १४ लाख बढीले लगाए खोप

लन्डन । शनिबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड १४ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड १४ लाख ६५ हजार २१० जनाले खोपको पहिलो डोज लिएका छन् ।

जसमध्ये पाँच लाख दश हजार ५७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्रमा कोरोना विरुद्धको खोप दिइसक्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर