नकेपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने संसदीय निर्वाचन पछि एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचन–२०७४ को पहिलो चरणको निर्वाचनबाट प्रदेश नं. ३ का नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन नेकपा (एमाले) प्रदेश नं. ३ संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् ।

‘मंसिरमा हुने संसदीय निर्वाचनपछि एमाले मुलुककै सबै भन्दा ठूलो पार्टी बन्छ,’ ओलीले भने, ‘अहिले पहिलो चरणमा भएको स्थानीय निर्वाचनपछि नै एमाले सबै भन्दा ठूलो शक्तिका रुपमा स्थापित भैसकेको छ ।’

ओली काँग्रेस–माओवादी काठमाडौँको खाल्टाखुल्टी जस्तै भएको पनि दाबी गरे । ‘काठमाडौँमा अहिले धेरै खाल्टाखुल्टी छन् । मंसिरसम्ममा सबै खाल्टाखुल्टी हटाएर चौडाबाटाहरु बन्नेछन्,’ ओलीले काँग्रेस–माओवादीप्रति संकेत गर्दै भने, ‘मंसिर पछि काँग्रेस–माओवादी पनि देखिन छाड्छ । जताततै एमाले मात्र बाँकी रहन्छ ।’

ओलीले अहिले काँग्रेस–माओवादीले कतै पनि धाँदली भएको छैन भनेर हल्ला गरिरहेको भन्दै आश्चर्य व्यक्त गरे । ‘यी पार्टीहरु धाँदली नै देख्दैनन्,’ ओलीले भने, ‘धाँदली देख्ने चस्मा किनेर दिनु पर्ला जस्तो छ ।’

कर्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह लोकतन्त्रको जग भएको बताए । वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तह बलियो खम्बा भएको भन्दै पाँच वर्ष काम गरेर पार्टीको शीर ठाडो पारेर फर्किन आग्रह गरे ।

‘एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार, अनियमितता वा कानुन विपरित काम गरेमा पार्टीले संरक्षण गर्दैन,’ नेपालले भने, ‘राम्रो काम गर्नेको उच्च मूल्यांकन हुन्छ,अर्को पटक झन् माथिल्लो पदमा टिकट दिइनेछ, नराम्रो काम गर्नेलाई पार्टीले दण्डित गर्छ, एमाले भन्दैमा संरक्षण हुँदैन ।’ महासचिव ईश्वर पोखरेल जनप्रतिनिधिहरुका लागि छुट्टै प्रशिक्षण दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah