काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न लाजिम्पाट छिरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार साँझ प्रधानमन्त्री देउवा दाहालको निवास लाजिम्पाट पुगेका हुन् ।
प्रधानमन्त्री र अध्यक्षबीच सरकार सञ्चालन, मन्त्रीपरिषद बिस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र सम्वादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको छ । यसअघि आइतबार भएको छलफल निष्कर्षविहिन भएपछि राजपा आन्दोलनमा होमिएको छ ।



