बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक मा बन्ने भनिएको अन्तराष्ट्रिय स्तरको ‘दमक क्लिन इण्डष्ट्रियल पार्क’ को लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु गरेको बताईएको छ ।

३ खर्ब भन्दा बढिको प्रारम्भिक लगानीमा बन्ने भनिएको पार्कलाइ आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि प्रक्रिया शुरु भएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताएकाछन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको बैठकले जग्गाको लगत संकलन, जग्गाको मूल्याङ्कन र मालपोतको दररेट हप्तादिन भित्रमा उपलब्ध गराउनका लागि निर्देशन दिईएको जनाईएको छ ।

सरकारले जग्गा ब्यवस्थापन तथा अधिग्रहणका लागि चालु आर्थिक बर्षमा ३० करोड बिनियोजन गरेको बताईएको छ ।

दमक, गौरादह र कमल गाँउपालिकासंग जोडिएका जग्गाहरुको अधिग्रहणका लागि आवश्यक पहल शुरु भएको हो । तीनवटै स्थानीय तहसंग समन्वय गरेर जग्गाको लगत संकलन हुनेछ ।

नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ७ का साँसद केपी शर्मा ओलीको पहलमा दमकमा अन्तराष्ट्रिय स्तरको औधोगिक पार्क बनाउने योजना सारिएको करिब ३ बर्ष भएको थियो ।

यहाँ औधोगिक पार्क बनाउन चीन सरकारले चासो दिएको र प्रारम्भिक चरणको सम्झौतामा हस्ताक्षर भएको पनि बताईएको छ ।

दमकमा औधोगिक पार्क बनेपछि करिब १० लाखले रोजगार पाउने अपेक्षा गरिएको छ । सयौ अन्तराष्ट्रिय स्तरका कम्पनीहरु खुल्ने र यो वातवरणमैत्री बन्ने सम्झौतामा उल्लेख रहेको छ ।

यसलाइ दमकको मात्र नभएर पूर्वको नै सबैभन्दा ठूलो योजनाको रुपमा लिइन्छ । चीन सरकारले प्राथमिकताकासाथ यो योजनामा काम गर्ने नेपाल सरकारको बिश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah