पाल्पा – पाल्पामा रातको समयमा टिपर चलाउन नपाइने भएको छ।टिपर राति ९ बजेदेखि बिहान ४ बजेसम्म रोक लगाउँदै राजमार्गमा टिपर चलाउन टाइमकार्ड लागू गरिएको  जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।टिप्परको आवाजले घरमा समस्या भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिपर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो।रातिमा टिपर चल्दा सुत्न नपाइने गुनासो आएपछि बैठकलेले सो निर्णय गरेको हो।अब रातिमा सात घण्टासम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर