दोश्रो चरणको चुुनावको चहलपहल बढेसगैँ रैथाने एकता परिषद्को चर्चा मधेशमा चुलिदो छ । ५ महिना अघि गठन भएको परिषद्ले वारा देखी मोरगंसम्म सगंठन विस्तारलाई तिब्र बनाएको छ । मधेशलाई कार्यक्षेत्र बनाएको रैथाने एकता परिषद के चुुनावमा सहभागी हुुँदैछ त ? सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेको विरुद्मा मधेशी मोर्चाले गरेको मधेश बन्दकै दिन सिराहाको लाहानमा मधेशी मोर्चाकै शिर्ष नेताहरु उपेन्द्र यादव , महन्थ ठाकुर र राजेन्द्र महतोको पुत्ला दहन गरे पछि समग्र रैथाने मधेशीहरुको साथ पाएको रैथाने एकता परिषदका सयोंजक सन्तोष बराइली भन्छन, अहिलेनै हामी चुुनावमा भाग लिदैनौ । तर जुुनै दलका भए पनि रैथाने उमेदवारलाई जिताउन पहल गर्छौँ ।
पहिलो चरणको चुुनाव सकियो । रैथाने एकता परिषदले पहिलो चरणको चुुनावलाई कसरी लिएको छ ?
जुुनसुकै निकायको भए पनि चुुनाव हुुन जरुरी थियो । माघ भित्र सबै चुुनाव गरिएन भने सवैंधानिक रिक्तता हुुन्थ्यो र निरकुुंशताले चलखेल गर्ने र टाउको उठाउने सभांवना प्रवल थियो । तर चुुनाव भयो । अरु चुुनाव पनि क्रमशः हुुन जरुरी छ । चुुनावमा छिटपुुट बाहेक अरु अप्रीय घट्ना नघटे पनि भरतपुुरमा मतपत्र च्यातिएको घट्नाले भने लोकतन्त्र माथीनै प्रहार गर्यो । सँस्थागत हुने चरणमा रहेको सघिंय लोकतान्त्रिक गणतन्त्र माथी धावा बोल्ने काम गर्यो भरतपुुर काण्डले ।
भरतपुुर काण्डमा कुुन पार्टीको गल्ति गर्यो जस्तो लाग्छ ?
भरतपुुरमा माओवादीको गल्ति छ । हार्ने छाँट देखेपछि मतपत्रनै च्यात्ने ? भरतपुुर काण्डमा निर्वाचन आयोगको निर्णय पनि गलत छ । आयोग सतधारी दलहरुसगँ डरायो ।सतधारीदलहरुले निर्वाचन आयोगलाई पनि हातमा लिएर राज्यआतकंनै मच्याए भरतपुुरमा । तर जनताले यसको बदला ब्यालेटबाटै लिनेछन् । काग्रेंस माओवादी गठवन्धनलाई आगामी चुुनावहरुमा जनताले देखाई दिनेछन् , हेरिरहनुु होला ।
तर एमालेको पनि गल्ति छ भन्छन् नि त भरतपुुरमा ?
मतगणना क्षेत्र बाहिर कुुन पार्टीले के गर्यो भन्दा पनि मतपत्र च्यातिरहेको अवस्थामा प्रहरीले माओवादीका दुुईजना कार्यकर्ता पक्डिएको त सत्य हो नि । र मतगणनास्थल बाहिर एमालेको पनि एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । गल्ति त मतपत्र च्यात्नेकै हुुन्छ नि ।
भरतपु्रमा मतपत्र किन च्यातियो होला?
भरतपुुरको चुुनावले प्रचण्ड कमरेडको भावि राजनीतिमा ठुुलो अर्थ राख्छ । सतको लागि जनयुुद् स्खलित गरेका उनको सही अडान नहुुँदा राजनीतिनै धरापमा छ । संसदीय ब्यवस्था भनेको जनतामा आधारीत हुुन्छ । ढाँटछलको खेती सधैँ टिक्दैन । आगामी चुुनावमा आफुुले जित्ने क्षेत्र बनाउन चाहान्छने प्रचण्ड भरतपुुरलाई । तर परिवारवादले प्रचण्डलाई पछिल्लो समय यसरी गाँज्योकी अव फेरी प्रचण्डले नयाँ सिराबाट राजनीति सुुरु गरेनन् भने भरतपुुरमा उनको धोवी हराई हुुनेछ । अरु तिर त उनले जित्नु भनेको अव केही समयलाई एकादेशको कथा जस्तै हो ।
काग्रेंस माओवादीको चुुनावी गठवन्धनलाई कसरी हेर्नुु भएको छ ?
हेर्नुुस कुुरो के हो भने माओवादबाट प्रचण्डपथ हुुँदै प्रचण्ड अहिले परिवारवादको दलदलमा भासिएका छन् । उनलाई अव देश र जनताभन्दा पनि आफ्नो परिवार प्यारो लाग्न थालेको छ । उनले वर्ग चिन्न छाडेकाछन् । वर्गिय आन्दोलन विर्सिएर उनि वर्गिय दुुश्मनसगँ कुुम जोड्न पुुगेकाछन् । वर्गिय दुुश्मनसगँ कुुम जोड्ने प्रमुख शत्रु पनि विर्सिन्छ । सत स्वार्थका लागि काग्रेंस सगँ तालमेल गर्नुु माओवादीकै लागि घातक सिद् हुुन्छ । कम्युुनिष्टले वर्ग दुुश्मनसगँ कहिल्यै कुुम जोड्दैन ।
तराई मधेशमा राजनीतिक गतिविधी गरिरहनुु भएको छ । के तराई मधेशमा दलहरुले सोचे जस्तो चुनाव सभंब छ ? एकदम सभंव छ । हामीले त पहिलो चरणको चुुनाव तराई मधेशबाटै सुुरु गरौँ भनेका थियौँ । तराई मधेशका स्थानिय राजनीतिकर्मीहरु जनप्रतिनीधि बन्न खुुट उचालेर बसेकाछन् । चुुनावमा नजाने दलका स्थानिय नेता कार्यकर्ताले टिकटको लागि आफ्नो पाटी छाडेर अरु पार्टीमा प्रवेश गर्ने लहरनै चलेको छ नि । ढुक्क हुुनुुस् तराई मधेशमा चुनाव हुुन्छ ।
अनि रैथाने एकता परिषदले चुुनावमा भाग लिएन त ? हामी कुुनै राजनीतिक दलनै होईन अनि कसरी चुुनावमा भाग लिने ? तर हामी जुुनसुुकै दलका भए पनि रैथाने उमेदवारलाई जिताउन पहल चाहीँ गछौँ । मधेशमा रैथाने मधेशीले टिकट पाउनुुपर्छ भनेर हामीले विगत देखीनै आवाज उठाउँदै आएका छौँ ।
अव प्रसगं बदलौँ , रैथाने एकता परिषद गठन गर्नुुको उदेश्य के हो ?
पुस्तौँ देखी बसोबास गर्दै आएका रैथाने नेपालीहरुलाई एकजुट बनाएर नवनागरीकहरुको अन्याय अत्याचार विरुद् लड्नका लागि रैथाने एकता परिषद् गठन गरेका हौँ । गएको माघ १५ गते सिराहाको लाहानमा बिशाल मोटर साईकल र्याली निकालेर परिषद् घोषणा गर्यौँ । खासमा यस परिषद्ले नवनागरीकहरुले खोस्दै लगेको राजनीतिक अधिकार खोसेर रैथाने नागरीकहरुलाई दिलाउँछ र यसका लागि रैथाने नागरीकहरुलाई जगरुक बनाएर आन्दोलित गराउँछ ।
परिषद्को सागंठानिक सरंचना कस्तो छ ?
हामीले परिषद्को सगंठन केन्द्र प्रदेश हुँदै गाउँ तह सम्मै बनाउँदै लगेका छौँ । हाम्रा भातृ संगठनहरू पनि छन् , अरु पार्टीहरूको भातृ संगठन जस्तै । जस्तो रैथाने महिला परिषद्, रैथाने किसान परिषद्, रैथाने विद्यार्थी परिषद्, रैथाने कर्मचारी परिषद, रैथाने रिक्सावाला परिषद् । सबै क्षेत्रलाई समेट्दै लागेका छौँ ।
यो त राजनीतिक दलको जस्तो सागंठानिक सरंचना भएन र ? के परिषद् पनि राजनीतिक दल हो ?
होईन । परिषद् राजनीतिक दल होईन , समग्र रैथाने नेपालीहरुको क्लव हो रैथाने एकता परिषद् । कोही भ्रममा नपरे हुन्छ । र हामीले लड्ने लडाई भनेको स्वाभिमानको लडाइँ हो । यसले खासमा तराई–मधेसमा रहेका रैथानेहरूको हक अधिकारको कुरा गर्छ । यसले रैथानेको हक अधिकारको मात्र कुरा गर्छ । हाम्रो लडाईको मैदान भनेको जहाँ रैथानेहरू पीडामा छन् , जहाँ रैथानेको हक अधिकार खोसिने क्रम जारी छ त्यहाँ नै हो । रैथानेहरू बाँडिएका छौँ राई, लिम्बु, तामागं , क्षेत्री , बाहुन ,यादव, मुसहर, चमार, मण्डल आदि–आदि सबै विभक्त छन् पार्टीमा अनि धार्मिक मण्डलीमा । अथवा एनजिओ आईएनजिओहरुमा । र, जातिय सगंठनहरुमा पनि हामी अलग्गिएका छौँ ।हो तितर वितर भएका उनीहरूलाई एक बनाउने अभियान हो हाम्रो ।
भविष्यमा दलको रुपमा आउने तयारी त होईन परिषदको् ?
बाध्य पारियो भने हामी राजनीतिमा पनि आउँछौँ । रैथानेहरूको कुरै नसुन्ने । राज्यले सधैँ मधेसी मोर्चाका दुई–चार नेताका मात्रै कुरा सुन्ने । मधेशका रैथानेलाई किनारामा पारीरहनु त हुँदैन नि ! राज्यले वास्तविक रैथाने मधेसीको कुरा सुन्नुप¥यो । एकजना आए मुसहर समुदायबाट ? एक चोटी असर्फी सदा आएका थिए । त्यसपछिको इतिहास हेरौँ तत्माको त कुरै नगरौँ आउनुपर्ने त उनीहरू हो नि ! मधेशका डोम हल्खोरहरुलाई केन्द्रमा ल्याएर मधेशको समस्या बुझ्नु पर्ने हो नि राज्यले । अनि किन मधेसी मोर्चाका केही टाउकेहरुको मात्र कुरा सुन्छ राज्यले । हाम्रो यहीँनिर आपत्ति हो । वास्तविक रैथानेहरूको कुरा सुनेर सम्बोधन गर्नु प¥यो ।
हामी दलका रूपमा अहिले नै दर्ता गर्दैनौँ । यो त आवश्यकताले नै बोध गराउने हो । भोलि आवश्यक प¥यो भने कुन ठूलो कुरा हो १० हजारको हस्ताक्षर गराउँछौँ बकाइदा निर्वाचन आयोगमा दर्ता गराएर अहिलेका दलविरुद्ध चुनावमा उठ्छौँ । जब राज्यले सुन्दैसुन्दैन माइनसै गरेर जाने अनि सधैँ दक्षिणबाट आएको मान्छेहरूको कुरा मात्र सुन्ने भयो भने हामी पनि चुप लागेर बस्दैनौँ नि !
नवनागरिकको सख्याँ कति पुगेको छ नेपालमा ?
अहिले ठ्याकै तथ्यांक त आइसकेको छैन तर ५० लाख चानचुन नवनागरिक भित्रिएका छन् । हामी चाइनाबाट आएको नवनागरिकको पनि विरोधीहौँ ।अरु देश पाकिस्तानबाट पनि आउलान् , भुटानबाट पनि आएका होलान् । हामी सबै नवनागरिकको राजनीतिक गतिविधीको मात्र विरोधी हौँ । हाम्रो क्लियर धारणा के छ भने हामी नवनागरीकहरुलाई राजनीति गर्न दिदैनौ ।भारतबाट आउने, तत्काल नागरिकता लिइहाल्ने अनि राजनीतिमा लागे जस्तो गरेर राज्यसँग सिधैँ बार्गे्निङ गर्ने ?नवनागरिकहरू भित्रिने क्रमसँगै तराई मधेशमा रैथाने नागरिकहरूको हक अधिकार गुम्दै जान थाल्यो । अव हामी यसो हुन दिन्नौ ।
तपाईले यसो भनिरहँदा तपाँईहरुको आन्दोलन त भारतको विरुद्मा जस्तो देखियो त ?
हाम्रो निष्कर्षके हो भने भारतले नेपाललाई अस्थिर बनाउन चाहिरहेको छ । अस्थिर बनाउनका लागि पात्रको रूपमा नवनागरिकलाई भारतले प्रयोग गरिरहेको छ । भन्न त उ हामीलाई तिमीहरुको असल छिमेकी हौँ भन्छ , रोटीवेटीको सम्बन्ध छ भन्छ । तर पछिल्लो समय भारतको नेपालप्रतिको हेपाहा प्रवृती बढ्यो । खुलेआम नेपालभित्र आएर गुगल म्यापमा नेपाल देखिएन भनेर नेपाली भुभागमै आएर एसएसबीले नेपाली मार्ने ? आफ्नो देश हो, विकास निमार्ण त गर्न पाइन्छ नि ! कल्भर्ट निर्माणस्थलमै आएर गोली नै ठोक्ने ? राज्यमौन बस्यो ।
जवाफ माग्नुपथ्र्यो, माफी मगाउनु पर्ने हो नि ! हामीले त्यहीकारणले मोदीको पुत्ला जलायौँ ,नेपालीलाई तिमी किन एट्याक गछौँ ? यसो हेर्दा तपाँईलाई हाम्रा मुभमेण्टहरु भारत विरोधी जस्तो लागेको हो । तर हामी भारत विरोधी मात्र होईनौ, नेपाललाई हेप्ने सबै बिदेशीहरुको विरुद्मा हामी आन्दोलित हुने छौँ । मैले अघिनै भनिसकेँ हाम्रो लडाईँ भनेको श्वाभिमानको लडाईँ हो । हामीलाई बिदेशी हस्तक्षेप सह्य छैन । चाहे भारत होस वा अमेरीका अथवा चिन नै किन नहोस् । हाम्रो श्वाभिमानमाथी जसले धावा बोल्न खोज्छ हामी त्यस विरुद् लड्छौँ । ईतिहाँस साँक्षी छ , हामीले हारेको ईतिहाँस छैन । ईतिहास दोहोरिन सक्छ, विर बलभद्रहरु अझै ज्यूदै छन् ।अम्मर सिहं थापा र कालु पाण्डेहरु मरेका छैनन् ।
भने पछि नवनागरीकहरुलाई तपाँईहरु राजनीति गर्न दिनु हुन्न ?
हो हामी वाहाँहरुलाई राजनीति गर्न दिदैनौ । हामी नवनागरिकहरूलाई भन्छौँ, आईहाल्नु भो बस्नुस् खानुस् , खेतीपाती गर्नुस्बिहेबारी गर्नुस् , मर्दापर्दा हामीलाई डाक्नुस् हामी पनि तपाईंहरूलाई डाक्छौँ । तर, राजनीति चाहिँ हामी गर्छौँ । किन कि, यो हाम्रो ठाउँ हो, हाम्रो मातृभूमी हो र हामी याहाँका भुमी पुत्र । हाम्रो देश कस्तो बनाउने भन्ने पहिलो अधिकार हामीलाई हुनु पर्छ , नवनागरीकलाई होईन ।
मधेशमा त रैथानेलाई एमालेले त्यसमा पनि केपी ओलीले परिचालन गरेको चर्चा ब्यापक छ नि ?
म कुनै पार्टीको हुन सक्छु, तपाईं पनि कुनै पार्टीको हुन सक्नु हुन्छ तर पहिले त हामी रैथाने हौँ । मेरो आस्था होला एमालेसँग, तपाईंको कांग्रेससँग होला, कोहीको माओवादी , राप्रपामा वा कुनै दलसगँ निकटता होला तर पहिले त हामी रैथाने हौँ । त्यसैले यो चाहिँ क्लब हो राजनीतिक हिसाबमा नजिक त होइन्छ मत हाल्ने त सबैको अधिकार हो । राष्ट्रियताको विषयमा कतिपय सवाल एमालेसँग मिल्छ हाम्रो । तर, एमालेभन्दा बिलकुलै फरक बिचार र इन्स्ट्रक्चर छ हाम्रो । हामी चाहिँ देशकै लागि लड्ने हो । श्वाभिमानकै लागि लड्ने हो ।
देश टुक्राउने कुराहरू आइरहेको छ हामी त्यो हुन दिने पक्षमा छैनौँ । अब सिके राउतले खुलमखुला लाहानमा आमसभा गरेर देश टुक्राउँछु भन्छ । उपेन्द्र यादव र महन्थ ठाकुरहरु पनि मधेश टुक्रयाएर अलग देश बनाउँछौँ भनेर भाषण गर्छन् सभा समारोहमा । मधेश तिनका बाउको विर्ता होईन मन लाग्दा टुक्रयाउने । केही अगिंकृत नागरीकहरुलाई बोकेर हिँड्नेहरु देश टुक्रयाउँछौँ भन्छन् त्यसैले हामीलाई शकां के छ भने मोर्चा नामका टाउकेहरु भारतबाट परिचालित छन् । तर उनिहरुको देश टुक्रयाउने सपना हामी मधेशका रैथानेहरुले कदापी पुरा हुन दिदैनौँ । अझ भारत त क्लियर भए हुन्छ । संयोजक, रैथाने एकता परिषद्










