ग्राहकको रोजाईमा परेको विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो भिभो। भिभोले विशेषगरि क्यामरा र साउण्डलाई प्राथमिकता दिएको छ।कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तोदेखि महंगोसम्मका फोन बजारमा ल्याएको छ। त्यसमध्ये यहाँ २० हजारभन्दा कम मूल्यका फोनबारे उल्लेख गरिएको छ।फोनको डिस्प्ले ६.२२ इञ्च छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सको दुई क्यामरा छन्।४ हजार ३० एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य १४ हजार ४ सय ९० रूपैयाँ छ।फोनमा ६.२२ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सको दुई क्यामरामा छन्।४ हजार ३० एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य १४ हजार ९ सय ९९ रूपैयाँ छ।यसमा ६.२ इञ्चको डिस्प्ले छ। पछाडि ८ मेगापिक्सल र २ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्। त्यस्तै, अगाडि ८ मेगापिक्सको सेल्फी छ।५ हजार एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले ३ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य १८ हजार ५ सय ९० रूपैयाँ छ।

मोडल स्टोरेज मूल्य
वाइ–९० २ जिबी / ३२ जिबी १४,४९०
वाइ–९१सी(२०२०) २ जिबी / ३२ जिबी १४,९९९
वाइ–११ ३ जिबी / ३२ जिबी १८,५९०

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]