स्वास्थ्यका पाँच मापदण्डसहित बिहेवारी २० वर्षपारि पूरा गरी शिशु जन्माएका असल आमालाई पुररस्कारसहित सम्मान गरिएको छ । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले ९० जना आमालाई नगद पुरस्कारसहित सम्मान गरिएको नारायण नगरपालिकाले जनाएको छ ।दुईमात्र सन्तान भएका, स्वास्थ्यको मापदण्डअनुसार चारपटक गर्भ जाँच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका आमालाई नगद रु दुई हजारसहित प्रमाणपत्र दिएर सोमबार सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लालबहादुर खड्काले जानकारी दिनुभयो । “चालू आर्थिक वर्षमा २० वर्षपछि बिहेवारी गर्ने र स्वास्थ्यका मापदण्ड पूरा गर्ने आमालाई सम्मान गर्न नगरपालिकालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ”, खड्काले भन्नुभयो । बालविवाह अन्त्य, गर्भवती आमासहित बच्चा स्वास्थ्य, मातृमृत्यु दर शून्यमा झार्ने उद्देश्यले आमा सम्मानका लागि नगरपालिकाले काम नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।
असल आमालाई सम्मान
सवालनेपालसंवाददातामंगलबार, २६ माघ २०७७

असल आमालाई सम्मान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

यो पनि पढ्नुहोस् »
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै
सोमबार, ४ असार २०८१



