काठमाडौं, ३० । जेठ १६ गतेबाट ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएको थियो ।
गृहमन्त्रालयमा आज भएको प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री जनाजर्न शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।
सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको गुनासो धेरै आएपछि यसअघिको निर्णय आजैदेखि खारेज हुने बताईएको छ ।
यस अघि सर्वसाधारणलाई जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने या रु दुई सय लिएर छाड्ने कार्य गर्दै आएको थियो । गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्नेछ ।



