बिपिपि/दमक

मिस दमक,  मिस्टर प्रीन्सेस एण्ड प्रीन्स, दमक लगायतका कार्यक्रमहरुको बहानामा दमकमा ठगि मौलाएको छ । जो भेट्यो त्यसलाई जर्ज राख्दै छनौट प्रक्रिया शुरु हुने गरेका यस्ता प्रतियोगिताहरु पारदर्शी छैनन् भने सकेसम्म मिडियाबाट समेत टाढा राख्न आयोजकहरुले प्रयास गरेको पाईन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतियोगितामा किशोरकिशोरी तथा टिनएजहरुलाइ प्रभावमा पारेर टिकट बिक्रि गर्न लगाउनेदेखि लिएर एसएमएसबाट पैसा कमाउने अभियानसम्ममा प्रयोग गराउने गरिएको पाइएको छ ।

टिकट धेरै बेच्दा धेरै नम्बर आउने, धेरै एसएमएस गरेर यसबाट पनि नम्बर थपिने भन्दै एउटै मोवाइल नम्बरबाट समेत हजारौसम्म एसएमएस गर्न लगाउनेसम्मका कार्यहरु भएको पाइएको हो ।

एउटा एसएमएस बापत ३ देखि ४ रुपियासम्म कटाउने गरेको भेटिएको छ । बिभिन्न राउण्डमा प्रतिस्पर्धिहरु पुगेपछि अभिभावकबाट पैसा पनि असुली गर्ने गरेको भएपनि अभिभावकहरु आफ्ना नानिहरुको आग्रहमा यस्ता कुरा लुकाउदै आएकाछन् ।

बढि मोवाइलमा एसएमएस पठाउदा कसरी राम्रो मान्छे छानिन सक्ला ? यस्तो गर्मिमा टिकट बिक्रि गर्न पठाउनु कत्तिको जायज रहेको छ ?

यस्ता प्रतियोगिताहरु सञ्चालनका लागि कहिकतै पनि अनुमति लिएको पाइदैन । आकर्षक बिज्ञापन गर्ने र मान्छे तान्ने होडबाजि चलेको छ ।

त्यस्ता प्रतियोगिता गर्नेहरुले प्रतियोगितामा सहभागिहरुलाइ मिडियामा नआउनका लागि र अनुमति बेगर बाहिर गएर नबोल्नसम्म उर्दि गर्न पनि पछि नपरेको पाइएको छ ।

यस्ता कार्यक्रमहरु हुनु राम्रो हो तर त्यसको बैधानिकता, प्रतियोगिहरुले के के गर्ने सबै सार्वजनिक हुनु पर्दैन ? छनौटमा बिज्ञहरु तथा जानकारहरु चाहिदैन ?

यस बिषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको छ । अभिभावकहरुले पनि छनौटका आधारहरु खोज्नु आवश्यक रहेको छ ।