नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले चुनाव सार्ने विषयप्रति गम्भीर आपत्ति जनाएका छन् ।
असार १४ का लागि तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन पुनः सार्ने कसरत भएकोतर्फ संकेत गर्दै नेता श्रेष्ठले पटकपटक चुनावको मिति परिवर्तन गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुन्छ भन्ने ग्यारेन्टी नभएको ठोकुवा गरेका छन् ।
उनले असारको मध्यमा हुन लागेको चुनावलाई अझ कहिले गर्ने भन्दै प्रश्न गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले चुनाव सार्ने खेलवाड किन भन्दै प्रश्न गरेका हुन् ।
‘‘चुनाव सार्न कसरत गर्नेहरुले स्पष्ट गरुनः कति पटक सारेपछि राजपा आउँछ: ग्यारेन्टी के छ ?’, नेता श्रेष्ठले थप प्रश्न गर्नु भएको छ, ‘अनि मध्य असारको चुनाव अझ सारेर कहिले गर्ने ? खेलवाड किन ?’










