नेपाली काँग्रेस कमल गाँउपालिकाको अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्षमा दीपा गौतम सहितका उम्मेदवारहरुले घरदैलोमा पुगेर मत माग्न क्रममालाइ अझ आक्रमक रुपमा अघि बढाएकाछन् ।
किसानको खेत देखि लिएर घरआगनसम्म अध्यक्षका उम्मेदवार राइ सहितको टोली पुगेको हो ।
नेपाली काँग्रेस कमल गाँउपालिकाका काँग्रेसका नेता राजू न्यौपानेले काँग्रेस जित नजिक पुगिसकेको बताएकाछन् । दिनानुदिन काँग्रेसको माहोल बढ्दै गएको जनाउदै राइले सहज जित हासिल गर्ने उनको भनाइ छ ।
राइ स्थानीय स्तरमा लोकप्रीय र सामाजिक युवाको पहिचान बनाएका ब्याक्ति हुन् । कमल गाँउपालिकामा काग्रेसको माहोल तात्दै गएको काँग्रेसका स्थानीय नेताहरु बताउछन् ।
अध्यक्षका उम्मेदवार राइले कमल गाँउपालिकाको बिकास र सम्बृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताएकाछन् ।
उनले आफूसंग कुनै स्वार्थ नरहेको बताउदै कमलगाँउ पालिकाका मतदाताले आफूलाइ बिजय गराउनेमा ढुक्क रहेको उनले जनाए । जनताको घरदैलोमा जाँदा उत्साहित भएको पनि उनले सुनाए ।



