काठमाडौं– संगीतकर्मी तथा भिडियो निर्देशक सशान कँडेल तथा टिकटकमा लोकप्रिय बिनु अधिकारीको स्वरको एउटा यूगल गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक भएको छ ।‘पाखे हेण्डसम…’ शीर्षकको उक्त गीतलाई संगीतकार महेश ज्ञवालीले संगीतबद्ध गरेका छन् ।गीतका शब्दहरु सुजु भण्डारीले रचना गरेका हुन् ।गीतमा बिनय कार्कीको संगीत संयोजन छ ।गीतको मिक्सिङ तथा मास्टरिङ कृष्ण महर्जनले गरेका हुन् ।बाद्यवादनतर्फ बाँसुरीमा संजीव मैनाली र गितारमा संजीव सुब्बा रहेका छन् ।गायक कडेँलकै निर्देशन बनेको उक्त गीतको भिडियोमा आकृति पौडेल र टीकटकमै लोकप्रिय रहेका सन्तोष बस्नेतको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारहरुका रुपमा दिपक गौतम र प्रदीप ओझाको प्रस्तुति देख्न सकिन्छ ।उक्त भिडियोलाई गायक कँडेलकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
https://youtu.be/JjD12HDtRzE