झापा । नेपालको पुर्व झापा बाट निर्माण भएको हाँस्य टेलिचलचित्र “खै के खै के” को २१ औं भाग प्रेम दिवश (valentine’s day) बिशेष सार्वजनिक भएको छ । हरेक शुक्रबार  यु–ट्युव च्यानल त्रिकोण मिडियाबाट सार्वजनिक हुने टेलि यस चलचित्रलाइ कृष्ण अनमोलको लेखन तथा निर्देशनमा जेके जगतले निर्माण गरेका हुन ।

यस भागमा प्रेम दिवश बिषयलाइ समेटिएको छ ।अहिलेको भौतिकवादी युगमा वृद्ध आमा बुवा परिवारमा बोझ हुन्छन् र उनिहरुलाइ वृद्धाश्रम पुराउने संस्कार लाइ पछिल्लो पुस्ताले गलत भएको बिषय प्रस्तुत गरिएको छ ।

“खै के खै के” को यो भागमा दिपक खरेल,अस्मिता वोली, प्रकाश पौडेल,रजनी तिखत्री,रुकु “खनाल” मिश्र, बिनोद गौतम लगायतको अभिनय रहेको छ। सिरयिललाइ प्रदेश नम्बर १ को सुन्दर जिल्ला झापाको चन्द्रगडी आसपासमा छायाँकन गरिएको हो ।

ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको उक्त सिरियलका निर्माता जेके जगत र सरु जेके हुन । हेर्नुस “खै के खै के” भाग २१ भिडियोमाः

https://www.youtube.com/watch?v=AST3A_J8V40

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय