मोदीको भ्रमण ! पहिला –पहिला एउटा परम्परा थियो । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारत भ्रमण गर्ने । यो परम्परा तोड्ने पहिलो प्रधानमन्त्री प्रचण्ड हुन् भने दोस्रो मोदी । देउवा प्रधानमन्त्री हुनासाथ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले देउवाको साटो साउनको पहिलो साता नेपालको भ्रमण गर्न लागेका छन् ।

मोदी भ्रमणको एजेन्ड जे सुकै भए पनि मोदी भ्रमणले देउवाको छवि पूरै नांगिने छ । त्यसैले भारतीय अखबारहरुले देउवा प्रधानमन्त्री हुनासाथ प्रमुख समाचार बनाए–नेपालमे भारत समर्थक देउवा बने चौथा पिएम । यो कुरा अलि हजम भएन कि प्रदीप गिरीज्यू ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवालाइृ प्याकेज ! भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट भारतले नेपालको विकासमा भारतको चासो रहेको बताउन चाहेको छ । त्यसका लागि मोदीले देउवाका लागि आर्थिक प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको छ । अरुण तेस्रोको सिलान्यासमा गर्ने कार्यक्रम रहेको छ ।

अरुण तेस्रोको सिलान्यास गर्ने बहानामा नेपाल आउन लागेका मोदीलाई कतै छिमेकी चीनले बुढीगण्डकी लग्यो भन्ने चिन्ताले सताएको त छैन ? डा.बाबुराम भट्टराईको लेख पढ्दा त त्यस्तै लाग्छ कसो प्रकाशशरण महतज्यू ?

देउवा ट्वाँ ! देउवालाई पहिलो गाँसमै ढुंगो लागेको छ । उनी प्रधानमन्त्री बन्नु अगाडि उनलाई सघाउन दक्षिणको डिजाइनमा राजपा गठन गरियो । महन्त ठाकुर र देउवाबीच एक आपसमा सहयोग गर्ने धेरै बाचा बन्धन बाँधियो । तर, दुर्भाग्य राजपाले आन्दोलनको घोषणा गरेर देउवाको पुत्ला जलाउने भए ।

यो कुरा सुनेर महन्तसँग फोनमा देउवाले भने–पूर्व सहमतिअनुसार काम भएन नि ? महन्तले भने–के गर्नु त्यो राजेन्द्र महतो कुरै बुझ्दैन, उफ्रेउफ्रै छ । महन्तको कुरो सुनेर देउवा ट्वाँ परे ।

कामकुरो एकातिर ! ...कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै राजपा र सरकारबीच अझै कुरो मिलेको छैन । दोस्रो चरणको निर्वाचनमा धेरै चुनौती थपिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । यही बेला प्रचण्ड भने रिल्याक्स गर्न परिवारसहित अन्नपूर्ण बेशक्याम्प पुगेको खबर आएको छ, खबर दृष्टिको बक्रदृष्टिमा लेखिएको छ ।

प्रचण्डको यस्तो ताल देखेर कृष्णबहादुर महरा भन्दै थिए–रिल्याक्स गर्ने उहाँको पुरानै बानी हो, कहाँ यो नौलो कुरा भो र ? जनयुद्धमा पनि सीएम दिल्लीमै रिल्याक्स गरिहेका थिए । महराको कुरो सुनेर जनार्दन शर्मा पेट मिचीमिची हाँसे । न्यूज अभियान बाट