संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोबारे सनसनीपूर्ण खुलासा गरेका छन् ।

मंगलबार आफ्नो एक अन्तर्वार्तामा यादवले राजेन्द्र महतो भारतीय नागरिक भएको र उनले कीर्ते गरी नेपाली नागरिक लिएको खुलासा गरेका हुन् ।

यसअघि धेरै नेपालीले महतो भारतबाट अंगीकृत नागरिक भएको आशंका गर्दै आएका थिए । उनले पहिला आफूले नागरिकता लिएको र पछि आफ्ना बुवाको पनि नेपाली नागरिकता बनाइदिएको बताइन्छ ।

यो आशंकालाई मधेसमा धेरै लामो समयदेखि राजनीति गर्दै आएका उपेन्द्रको खुलासाले पुष्टि गरेको छ ।

राजेन्द्र यस्ता व्यक्ति हुन् जो अंगीकृत नागरिक भइकन नेपालको मन्त्री बने । त्यतिमात्रै होइन् मधेसको अधिकारका लागि आन्दोलन भन्दै तराईकै जनतालाई दुःख दिइरहेका छन् ।

एउटा अनलाइनमा आफ्नो अन्तर्वार्तामा उपेन्द्रले राजेन्द्रको घर भारतको कोहरबा भन्ने ठाउँमा रहेको र ढाँटेर नागरिकता लिदै उनी पछि नेपाली बनेको उल्लेख गरेका छन् ।

चुनावको विरोधमा फेरि आन्दोलन गर्न खोजिरहेका राजेन्द्रलाई काउन्टर दिँदै उपेन्द्रले तराई मधेसमा जनताले चुनाव चाँहेको र वहिष्कार गर्ने सबै समाप्त हुने पनि टिप्पणी गरेका छन् ।

‘नेपाली जनता चुनाव चाहन्छन्,’ उपेन्द्र भन्छन्– ‘पारीबाट मान्छे ल्याएर चुनाव रोक्न खोज्नेलाई जनताले डन्डा लगाएर लखेट्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah