यूएईको होप अभियान अन्तर्गत मंगल ग्रह पुगेको अन्तरिक्षयानले पहिलो तस्बिर पठाएको छ।

गतहप्ताको मंगलबार मात्र उक्त अन्तरिक्षयान मंगल ग्रहमा पुगेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसकै अर्कोदिन बुधबार उक्त यानको होप इएक्सआई इन्स्ट्रुमेन्टले २४ हजार ७ सय किलोमिटरको उचाइबाट ग्रहको तस्बिर लिएको बताइएको छ।

तस्बिरमा उत्तरी क्षेत्र र बिहानीको सूर्यको किरण देखिएको छ।

यूएई मंगल ग्रहमा आफ्नो अन्तरिक्षयान पठाउन पहिलोपटक सफल भएको हो।

पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेरे उक्त यान मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो।

यूएईको ‘होप’ अर्थात् विश्वास अभियानअन्तर्गत उक्त यानले मंगल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्ने बीबीसीले जनाएको छ।

अरब जगत्‌को यो पहिलो अन्तरिक्ष अभियान हो। सात महिना अगाडि यूएईको यान मंगल ग्रहतर्फ प्रस्थान गरेको थियो।