काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ ।

मिर्गौला परीक्षणका लागि भोलि ५ गतेदेखि ६ महिनासम्म अभियान चल्ने छ ।

‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ’ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर नि:शुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय