सनानत धर्म परम्परामा श्रीमद्भगवद्गीताको महत्त्व गंगाभन्दा धेरै मानिएको छ।गंगा भगवान् विष्णुको श्रीचरणबाट निस्कनुभएको हो भने गीता भगवान् श्रीकृष्णको हृदयक्षेत्रबाट ।गीताले साधारण कर्मलाई योगमा बदल्नका लागि तीनवटा साधनमा जोड दिएको छ ।यी साधनलाई जीवनोपयोगी पाठका रूपमा सबैजनाले लिँदा जीवन सहज तथा आध्यात्मिक हुन्छ।पहिलो, फलको आकांक्षा नगर्ने । दोस्रो, कर्ताले अहंकार नगर्ने ।तेस्रो, गरेका सबै कर्म परमात्मामा समर्पित गर्ने ।यी तीन महापाठमा वेद र उपनिषद्का सारहरू पनि झल्किएका छन् ।ज्ञान, भक्ति र कर्मको अनौठो त्रिवेणी हो गीता । यसलाई जतिपटक पढ्यो, त्यतिपटक नयाँ नयाँ रहस्यहरू खुल्दै जान्छन् ।युद्धअघि विषादको अवस्थामा रहेका अर्जुनलाई निष्काम कर्मको पथमा प्रेरित गर्नका लागि श्रीकृष्णले दिनुभएको उपदेशमा ज्ञानको गंगा बगेको छ ।
श्रीमद्भगवद्गीताका यी तीन जीवनोपयोगी पाठले ल्याउँछन् जीवनमा खुशी
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

श्रीमद्भगवद्गीताका यी तीन जीवनोपयोगी पाठले ल्याउँछन् जीवनमा खुशी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

यो पनि पढ्नुहोस् »
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै
सोमबार, ४ असार २०८१



