बहुप्रतिक्षित भरतपुरमहानगरमा रोकिएको मतगणनाको बिषयमा अझै फैसला नआउदा अन्योलता झन् बढेको छ । २८ गते आउने भनिएको फैसला आजसम्म नआउदा फैसला नै बेपत्ता भएको भन्दै सामाजिक सञ्जालहरुमा कडा टिप्पणि शुरु भएको छ । भरतपुरमा पुन मतगणना हुने या निर्वाचन हुने भन्नेमा फैसला नै अन्तिम अस्त्र हो ।
सत्तापक्षधरहरुमा चुनावी दौडमा हिडिसकेकाछन् । वडा नं. १९ का मतदाता भने अन्योलमा रहेकाछन् । निर्वाचन आयोगले मतगणनास्थल कब्जा गरेर मतपत्र च्यातिएको बताउदै पुन उक्त वडामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
त्यसको बिरुद्धमा सर्वोच्चमा मुद्धा परेपछि तत्काल निर्वाचनको मिति नतोक्न आदेश भएबमोजिम अहिलेसम्म मिति पनि तोकिएको छैन ।
मतगणनास्थल कब्जा भएको निर्वाचन आयोगले प्रमाणित गर्न नसक्ने भएकाले पुन मतगणना हुने आशमा नेकपा एमाले रहेको छ ।
यद्यपि एमालेले सर्वोच्च अदालतको फैसलालाइ आफूहरुले मान्ने अभिब्यक्ति समेत दिदै आएकाछन् । अब फैसला कहिले होला ? अन्योल रहेको छ ।










