मेष–साताको शुरुमा यात्रामा खर्च हुनेछ । अनावश्यक खर्चले परिवारमा विवाद आउनेछ । सरसामान हराउन सक्ने एवम काममा व्यवधान देखिन्छ । साताको मध्यमा भने मित्रसँग भेटघाट एवम यात्राको योग बन्नेछ । परिवारसँगको खुशीयालीमा समय बित्नेछ । व्यक्तिगत काममा बाधा पुग्ने तथा सामाजिक काममा भने प्रतिष्ठा रहनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा प्रगति एवम् धन सम्पत्तिको प्राप्ति हुनेछ । नयाँ कुटुम्ब जोडिने एवम् सन्तानको सुख प्राप्ति हुनेछ ।

वृष- नयाँ व्यापार व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ । काममा नयाँ योजना बन्ने तथा अरुको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । कृषि तथा चौपायाबाट राम्रो आम्दानी हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवम पारिवारिक किचलो बढ्नेछ । स्वास्थ्यको लागि खर्च बढ्ने एवम् सञ्चित धन कम हुनेछ । यात्रामा धनको बढी व्यय हुनेछ । साताको अन्त्यमा भने प्रेममा प्रगति हुने एवम् पारिवारिक माया सुख मिल्ने तथा छोटो यात्राको मज्जा मिल्नेछ ।

मिथुन- राजनीतिक तहबाट अवसर मिल्नेछ । काममा प्रशंसा एवम् नोकरी रोजगारीमा ठूलाबडाले साथ दिनेछन् । उच्च व्यक्तिहरुसँग भेटघाट एवम् वैदेशिक कारोबारबाट राम्रो आम्दानी हुनेछ । जल, कृषि एवम् भूमिबाट व्यवसायमा राम्रो आम्दानी हुनेछ । साताको अन्त्यमा भने पूरानो मित्रता टुट्न सक्ने, गोपनीयता भंग हुन सक्ने एवम् झुटो आरोपको सामना गर्नुपर्ने देखिन्छ ।

कर्कट- भाग्यले राम्रै साथ दिनेछ । वैदेशिक सहायता मिल्ने, टाढाका आफन्तबाट व्यवसायमा राम्रो सहयोग मिल्नेछ । पूराना काम बन्ने एवम् सामाजिक तथा धार्मिक कुरामा मन जाने एवम् व्यक्तिगत काममा भने बाधा आउनेछ । साताको मध्यमा भने राजनीतिक एवम् सरकारी क्षेत्रबाट राम्रो प्रगति देखिन्छ । सरकारी जागिरको सम्भावना एवम् ठूलाबडाले साथ दिनेछन् । प्रतिभाको राम्रो कदर हुनेछ । व्यापार व्यवसायमा आम्दानी राम्रो हुने एवम् धनको सहयोग मिल्नेछ । अकश्मात्धनको लाभ हुनाले पूराना कामबाट चिन्ता हट्नेछ ।

सिंह- बढी घुमफिरले स्वास्थ्यले धोका दिनेछ । काममा अपजस मिल्ने तथा आफ्नो प्रतिष्ठा गिर्न सक्नेछ । आफन्तसँग मनमुटाव एवम् घरायसी विवाद बढ्नेछ । साताको मध्यमा भने यात्राको योग बन्ने, वैदेशिक सहायता मिल्ने एवम् शुरु गरेको काममा राम्रो प्रगति हुनेछ । धार्मिक कुरामा खर्च हुने एवम् सामाजिक क्षेत्रमा लगाव बढ्नेछ । साताको अन्त्यमा भने गरेको काममा जस मिल्ने, ठूलाबडाबाट प्रशंसा मिल्ने एवम् नयाँ ठाउँको भ्रमण हुनेछ । राजनीतिक काममा समय बढी बित्नेछ ।

कन्या- साझेदारी लगानीमा प्रतिफल आउन थाल्नेछ । व्यवसायमा लगानीले आर्थिक भार बढ्नेछ । पारिवारिक भेटघाटमा दिन बित्नेछ । नयाँ सम्बन्धको सुरुवात हुने एवम प्रेम प्रसंगले प्रगति पाउनेछ । व्यावसायिक यात्रा हुने एवम् साझेदारी लगानीमा राम्रो प्रतिफल आउनेछ । साताको मध्यमा भने काममा अडचन आउने, स्वास्थ्यमा समस्या एवम नजिकबाट धोका हुन सक्नेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवम् विदेशबाट फाइदा हुने एवम इष्टमित्रबाट आर्थिक कारोबारमा सहायता मिल्नेछ ।

तुला- शारीरिक चोटपटकको भय हुनेछ । पूरानो कामबाट फाइदा हुनेछ । प्रतिस्पर्धामा दिन बित्नेछ । खेलकुद एवम् घरबाहिरको काममा मन जानेछ । सामुहिक काममा खर्च हुने एवम् सञ्चित धन घट्नेछ । स्वास्थ्यमा भने समस्या देखिने एवम् मुद्दा मामिलाको चक्कर पर्न सक्नेछ । प्रेममा भने प्रगति एवम वैवाहिक सुख मिल्नेछ । नयाँ मित्रसँग भेटघाट एवम् सवारी सुखको योग बन्नेछ । साताको अन्त्यमा भने काममा बाधा आउने, यात्रामा समस्या हुने तथा अनावश्यक विवाद हुनेछ । अनावस्यक शंकाले प्रेममा बाधा आउनेछ ।

वृश्चिक- ध्यान , साधना एवं ईश्वरमा भक्ति भाव बढ्नेछ । अध्ययन, अध्यापनमा रुचि जानेछ । कला, संगीत एवम् सिर्जनात्मक काममा प्रगति हुनेछ । सन्तानको सहयोग मिल्नाले घरायसी काममा प्रगति हुनेछ । प्रतिस्पर्धामा जित हुने एवम् पूरानो स्वास्थ्य समस्यामा राहत मिल्नेछ । मुद्दामामिलामा सम्झौता हुने तथा स्थान परिवर्तनको योग रहनेछ । मातृपक्षको स्वास्थ्यमा समस्या एवम् चिसोले समस्या दिनेछ ।साताको अन्त्यमा नया काममा व्यस्तता बढ्ने पारिवारिक यात्राको सुख मिल्नेछ । नयाँ मित्रसँगको सहकार्यमा धनको कारोवार बढ्ने एवम् लगानीको योजना बन्नेछ ।

धनु- पारिवारिक द्वन्द बढ्नेछ । घरायसी कुरा नमिल्नाले मानसिक चिन्ता बढ्नेछ । व्यक्तिगत काममा बाधा आउने एवम् मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने अध्ययनमा दिन बित्ने एवम् व्यक्तिगत काममा प्रगति हुनेछ । रोजगारीको अवसर मिल्ने तथा आम्दानीको स्राेत बढ्नेछ । व्यापारमा राम्रो प्रगति एवम जग्गा जमिनबाट धन लाभ हुनेछ । साताको अन्त्यमा भने वादविवाद पर्न सक्ने, यात्रामा खर्च बढ्ने एवम् मित्रतामा चिसोपना आउनेछ ।

मकर- छोटो यात्रा गर्नुपर्नेछ । जिम्मेवारी थपिने एवम् दाजुभाइबाट राम्रो सहयोग मिल्नेछ । नयाँ कामको योजना बन्ने एवम् वैदेशिक कामबाट लाभ मिल्नेछ । टाढाका मित्रबाट राम्रो सहयोग हुनेछ । घरायसी विवाद बढ्ने तथा आफन्तबाट काममा बाधा आउनेछ । चिसोको समस्या एवम रुघाखोकीले दुःख दिनेछ । महिलावर्गसँग दुश्मनी एवम् प्रेममा आँच आउनेछ । साताको अन्त्यमा भने धनको कारोबार बढ्ने, भोगविलासमा मन जाने एवम् साथीभाइसँगको रमाइलोमा समय व्यतित हुनेछ ।

कुम्भ- धनको काममा सन्तुष्टि मिल्नेछ । वैवाहिक सम्बन्धमा प्रस्ताब अगाडि बोलीबचनको प्रभावले काममा प्रगति हुनेछ । कुटुम्बबाट सहयोग एवम् धनसम्पत्तिको योग बन्नेछ । वैवाहिक कुरा चल्ने एवम नयाँ कुटुम्बसँग सम्बन्ध बन्नेछ । साताको मध्यमा भने शारिरीक थकान हुने, सामान्य चोटपटक लाग्न सक्ने एवम जिम्मेवारी थपिनाले छोटो यात्राको योग बन्नेछ । प्रेममा भने धोका मिल्न सक्ने एवम साताको अन्त्यमा काम अधुरो बन्नेछ ।

मीन- शुरुमा काममा अलमल हुनेछ । साथीभाइसँगको भेटघाटमा अनावश्यक खर्च बढ्नेछ । नयाँ मित्रसँग भने भेटघाट एवम् खानपिनमा खर्च हुनेछ । साताको मध्यमा भने लगानीमा राम्रो प्रतिफल आउने, बोलीको प्रभावले प्रतिष्ठा बढ्ने एवम धनको सुख मिल्नेछ । नयाँ वस्त्र एवम् घरायसी सामानमा खर्च हुनेछ । आफन्तसँग भोज भतेर एवम सेमिनार गोष्ठीमा सहभागी भइनेछ । साताको अन्त्यमा भने अकस्मात यात्रा गर्नुपर्ने एवम् कामको बोझ थपिनेछ । दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध राम्रो हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah