मेष–साताको शुरुमा यात्रामा खर्च हुनेछ । अनावश्यक खर्चले परिवारमा विवाद आउनेछ । सरसामान हराउन सक्ने एवम काममा व्यवधान देखिन्छ । साताको मध्यमा भने मित्रसँग भेटघाट एवम यात्राको योग बन्नेछ । परिवारसँगको खुशीयालीमा समय बित्नेछ । व्यक्तिगत काममा बाधा पुग्ने तथा सामाजिक काममा भने प्रतिष्ठा रहनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा प्रगति एवम् धन सम्पत्तिको प्राप्ति हुनेछ । नयाँ कुटुम्ब जोडिने एवम् सन्तानको सुख प्राप्ति हुनेछ ।

वृष- नयाँ व्यापार व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ । काममा नयाँ योजना बन्ने तथा अरुको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । कृषि तथा चौपायाबाट राम्रो आम्दानी हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवम पारिवारिक किचलो बढ्नेछ । स्वास्थ्यको लागि खर्च बढ्ने एवम् सञ्चित धन कम हुनेछ । यात्रामा धनको बढी व्यय हुनेछ । साताको अन्त्यमा भने प्रेममा प्रगति हुने एवम् पारिवारिक माया सुख मिल्ने तथा छोटो यात्राको मज्जा मिल्नेछ ।

मिथुन- राजनीतिक तहबाट अवसर मिल्नेछ । काममा प्रशंसा एवम् नोकरी रोजगारीमा ठूलाबडाले साथ दिनेछन् । उच्च व्यक्तिहरुसँग भेटघाट एवम् वैदेशिक कारोबारबाट राम्रो आम्दानी हुनेछ । जल, कृषि एवम् भूमिबाट व्यवसायमा राम्रो आम्दानी हुनेछ । साताको अन्त्यमा भने पूरानो मित्रता टुट्न सक्ने, गोपनीयता भंग हुन सक्ने एवम् झुटो आरोपको सामना गर्नुपर्ने देखिन्छ ।

कर्कट- भाग्यले राम्रै साथ दिनेछ । वैदेशिक सहायता मिल्ने, टाढाका आफन्तबाट व्यवसायमा राम्रो सहयोग मिल्नेछ । पूराना काम बन्ने एवम् सामाजिक तथा धार्मिक कुरामा मन जाने एवम् व्यक्तिगत काममा भने बाधा आउनेछ । साताको मध्यमा भने राजनीतिक एवम् सरकारी क्षेत्रबाट राम्रो प्रगति देखिन्छ । सरकारी जागिरको सम्भावना एवम् ठूलाबडाले साथ दिनेछन् । प्रतिभाको राम्रो कदर हुनेछ । व्यापार व्यवसायमा आम्दानी राम्रो हुने एवम् धनको सहयोग मिल्नेछ । अकश्मात्धनको लाभ हुनाले पूराना कामबाट चिन्ता हट्नेछ ।

सिंह- बढी घुमफिरले स्वास्थ्यले धोका दिनेछ । काममा अपजस मिल्ने तथा आफ्नो प्रतिष्ठा गिर्न सक्नेछ । आफन्तसँग मनमुटाव एवम् घरायसी विवाद बढ्नेछ । साताको मध्यमा भने यात्राको योग बन्ने, वैदेशिक सहायता मिल्ने एवम् शुरु गरेको काममा राम्रो प्रगति हुनेछ । धार्मिक कुरामा खर्च हुने एवम् सामाजिक क्षेत्रमा लगाव बढ्नेछ । साताको अन्त्यमा भने गरेको काममा जस मिल्ने, ठूलाबडाबाट प्रशंसा मिल्ने एवम् नयाँ ठाउँको भ्रमण हुनेछ । राजनीतिक काममा समय बढी बित्नेछ ।

कन्या- साझेदारी लगानीमा प्रतिफल आउन थाल्नेछ । व्यवसायमा लगानीले आर्थिक भार बढ्नेछ । पारिवारिक भेटघाटमा दिन बित्नेछ । नयाँ सम्बन्धको सुरुवात हुने एवम प्रेम प्रसंगले प्रगति पाउनेछ । व्यावसायिक यात्रा हुने एवम् साझेदारी लगानीमा राम्रो प्रतिफल आउनेछ । साताको मध्यमा भने काममा अडचन आउने, स्वास्थ्यमा समस्या एवम नजिकबाट धोका हुन सक्नेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवम् विदेशबाट फाइदा हुने एवम इष्टमित्रबाट आर्थिक कारोबारमा सहायता मिल्नेछ ।

तुला- शारीरिक चोटपटकको भय हुनेछ । पूरानो कामबाट फाइदा हुनेछ । प्रतिस्पर्धामा दिन बित्नेछ । खेलकुद एवम् घरबाहिरको काममा मन जानेछ । सामुहिक काममा खर्च हुने एवम् सञ्चित धन घट्नेछ । स्वास्थ्यमा भने समस्या देखिने एवम् मुद्दा मामिलाको चक्कर पर्न सक्नेछ । प्रेममा भने प्रगति एवम वैवाहिक सुख मिल्नेछ । नयाँ मित्रसँग भेटघाट एवम् सवारी सुखको योग बन्नेछ । साताको अन्त्यमा भने काममा बाधा आउने, यात्रामा समस्या हुने तथा अनावश्यक विवाद हुनेछ । अनावस्यक शंकाले प्रेममा बाधा आउनेछ ।

वृश्चिक- ध्यान , साधना एवं ईश्वरमा भक्ति भाव बढ्नेछ । अध्ययन, अध्यापनमा रुचि जानेछ । कला, संगीत एवम् सिर्जनात्मक काममा प्रगति हुनेछ । सन्तानको सहयोग मिल्नाले घरायसी काममा प्रगति हुनेछ । प्रतिस्पर्धामा जित हुने एवम् पूरानो स्वास्थ्य समस्यामा राहत मिल्नेछ । मुद्दामामिलामा सम्झौता हुने तथा स्थान परिवर्तनको योग रहनेछ । मातृपक्षको स्वास्थ्यमा समस्या एवम् चिसोले समस्या दिनेछ ।साताको अन्त्यमा नया काममा व्यस्तता बढ्ने पारिवारिक यात्राको सुख मिल्नेछ । नयाँ मित्रसँगको सहकार्यमा धनको कारोवार बढ्ने एवम् लगानीको योजना बन्नेछ ।

धनु- पारिवारिक द्वन्द बढ्नेछ । घरायसी कुरा नमिल्नाले मानसिक चिन्ता बढ्नेछ । व्यक्तिगत काममा बाधा आउने एवम् मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने अध्ययनमा दिन बित्ने एवम् व्यक्तिगत काममा प्रगति हुनेछ । रोजगारीको अवसर मिल्ने तथा आम्दानीको स्राेत बढ्नेछ । व्यापारमा राम्रो प्रगति एवम जग्गा जमिनबाट धन लाभ हुनेछ । साताको अन्त्यमा भने वादविवाद पर्न सक्ने, यात्रामा खर्च बढ्ने एवम् मित्रतामा चिसोपना आउनेछ ।

मकर- छोटो यात्रा गर्नुपर्नेछ । जिम्मेवारी थपिने एवम् दाजुभाइबाट राम्रो सहयोग मिल्नेछ । नयाँ कामको योजना बन्ने एवम् वैदेशिक कामबाट लाभ मिल्नेछ । टाढाका मित्रबाट राम्रो सहयोग हुनेछ । घरायसी विवाद बढ्ने तथा आफन्तबाट काममा बाधा आउनेछ । चिसोको समस्या एवम रुघाखोकीले दुःख दिनेछ । महिलावर्गसँग दुश्मनी एवम् प्रेममा आँच आउनेछ । साताको अन्त्यमा भने धनको कारोबार बढ्ने, भोगविलासमा मन जाने एवम् साथीभाइसँगको रमाइलोमा समय व्यतित हुनेछ ।

कुम्भ- धनको काममा सन्तुष्टि मिल्नेछ । वैवाहिक सम्बन्धमा प्रस्ताब अगाडि बोलीबचनको प्रभावले काममा प्रगति हुनेछ । कुटुम्बबाट सहयोग एवम् धनसम्पत्तिको योग बन्नेछ । वैवाहिक कुरा चल्ने एवम नयाँ कुटुम्बसँग सम्बन्ध बन्नेछ । साताको मध्यमा भने शारिरीक थकान हुने, सामान्य चोटपटक लाग्न सक्ने एवम जिम्मेवारी थपिनाले छोटो यात्राको योग बन्नेछ । प्रेममा भने धोका मिल्न सक्ने एवम साताको अन्त्यमा काम अधुरो बन्नेछ ।

मीन- शुरुमा काममा अलमल हुनेछ । साथीभाइसँगको भेटघाटमा अनावश्यक खर्च बढ्नेछ । नयाँ मित्रसँग भने भेटघाट एवम् खानपिनमा खर्च हुनेछ । साताको मध्यमा भने लगानीमा राम्रो प्रतिफल आउने, बोलीको प्रभावले प्रतिष्ठा बढ्ने एवम धनको सुख मिल्नेछ । नयाँ वस्त्र एवम् घरायसी सामानमा खर्च हुनेछ । आफन्तसँग भोज भतेर एवम सेमिनार गोष्ठीमा सहभागी भइनेछ । साताको अन्त्यमा भने अकस्मात यात्रा गर्नुपर्ने एवम् कामको बोझ थपिनेछ । दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध राम्रो हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर