सरकारले कात्तिकमा तेस्रो चरणको चुनाव गर्ने तयारी गरेको छ ।
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको चुनाव दोस्रो चरणमा हुन नसक्ने जिल्लामा तेस्रो चरणमा हुने बताएका छन् ।
विराटनगरमा पत्रकारसंग कुरा गर्दै उनले दोस्रो चरणमा स्थानीय तहको चुनाव असार १४ गते नै सम्पन्न गराउन खोजेको बताए । तर हुन नसक्ने जिल्लामा तेस्रो चरणमा कार्तिक महिनामा निर्वाचन गराउने अवस्था रहेको बताए ।
संविधान कार्यान्वयनको प्रमुख खुड्किलो तीनवटै तहको चुनाव भएकोले सरकारले जसरी पनि चुनाव गर्ने बताए ।



