काठमाडौं । विश्वभरमा आठ करोड ४८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा आठ करोड ४८ लाख १० हजार ६ सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ११ करोड आठ हजार एक सय ४७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २४ लाख २७ हजार आठ सय ७९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २७ लाख ६९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ८३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ८४ लाख ६१ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ९९ हजार सात सय ५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड नौं लाख नौं हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ६ लाख ४२ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५५ हजार नौं सय ४९ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७२ हजार नौं सय ४५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७९ हजार दुई तीन चार तीन निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार ५५ जनाले ज्यान गुमाइसकेका छन् ।