बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित विपिचोकमा एक घरको छतबाट खस्दै गरेेकी बालिकालाई जमिनमा पर्नु अगाडि नै सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

स्थानीय नफिज करिवालको तीन वर्षीया छोरी जयनत करिवाललाई मंगलबार अपरान्ह करिब सवा चार बजे दुई तले घरको छतबाट खस्दै गरेको अवस्थामा देखेर त्यही ठाउँमा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा पर्नुभन्दा पहिल्यै समातेर उद्धार गरेका थिए ।

सो ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट सशस्त्र प्रहरी नायव निरीक्षक कठायतसहितको एपीएफ टोली ड्युटीमा खटिएको थियो।त्यस ठाउँमा एपीएफ टोली रहेकै छेउको घरको छतबाट ती बालिका खसेकी थिइन् ।