मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेको छ । पढाइ लेखाइमा तपाईँको उपस्थिति कमजोर रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला । बाटोमा बाधा तथा अवरोध हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ । अत्यावश्यक काम बाहेक यात्रा नगर्नु ने उचित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । भौतिक सम्पती तथा विलाशी बस्तुको हात लागि हुनेछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरि सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेको छ । पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रयत्न गर्दा विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । मिष्ठान्न भोजन गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ, ध्यान दिनुहोला । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच आत्मियताको बन्धन अझ कसिलो भएर जानेछ । स्वास्थ्य कमजोर रहनाले कामहरु थाति रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ भने जिम्मेवारी बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । अध्यानमा प्रगती गर्न सकिने हुनाले गुरुवर्गहरु खुशि हुनेछन् । सरकारी धन तथा पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । मध्यान्हबाट आर्थिक गतिबिधि सम्बन्धि काम गर्दा बिशेष चनाखो रहनु होला । समय मध्ययम रहेको छ । बिहानको समय राम्रो रहेकोले राजनिति तथा खेलकुदमा समय खर्चिनेहरुका लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग छ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम तथा ईनाम कमाउन सकिनेछ । आफन्तको सुझाब लाभदायी बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय