काठमाडौं, ६ फागुन । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) सर्वोच्च अदालतमा आफै उपस्थित भएर लिखित जवाफ बुझाएका छन् ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको जवाफ दिइएको छ । प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।

प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर गरेका छन् ।
हेर्नुस् प्रधानमन्त्रीले सर्वोच्चमा बुझाएको लिखित जवाफको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय