दमक/ प्रधानमन्त्री केपी शर्मा ओली आफनो निर्वाचन क्षेत्रका विभिन्न विकास योजनाहरुको उदघाटन तथा शिलान्यासका लागि आउने कार्यक्रम सार्वजनिक भएको छ । प्रतिनिधि सभा विघटनको कदम चालेको करिब ७० दिनपछि पहिलो पटक प्रधानमन्त्री ओली आफना निर्वाचन क्षेत्रमा प्रत्यक्ष कार्यक्रममा आउन लागेका हुन ।
यही फागुन १६ गते उनी भद्रपुर विमानस्थल हुँदै आउने उनको सचिवालयले जनाएको छ ।

ओलीको सचिवालय सदस्य तथा झापाका पार्टी नेता होमबहादुर थापाका अनुसार १६ गते विहान पहिलो उडान मार्फत ओली झापा आउने र सोहि दिन फर्कने कार्यतालिका रहेको छ । उनले क्याम्पा र धरमपुर जोडने कमल खोलामा निर्माण भएको पुल उद्घाटन दमकबाट ईलामको चुलाचुली जोड्ने रतुवा खोलामा पुल शिलान्यास गर्ने कार्यक्रम छ । सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थापनको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहिबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ ।
सोहि दिन दमकको दक्षिण क्षेत्र वडा नं. १० बाट मोरङ् जोड्ने मावा खोलामा पुल उद्घाटन हुनेछ भने सोहि वडाबाट झापाकै गौरादह जोड्ने रतुवा खोलामा निर्माण गरिएको पुल समेत ओलीले उद्घाटन गर्ने निश्चित भएको छ ।
औद्योगिक पार्कको पनि शिलान्यास
पूर्वी नेपालमा चर्चामा रहेको चाईना नेपाला फ्रेण्डशिप क्लिन ईण्डष्ट्रियल पार्कको समेत शिलान्यास गर्ने कार्यक्रम छ । दमक १०, कमल–७ र गौरादह–५ को संगम स्थलमा पार्कको शिलान्यास पछि सोहि ठाउँमा हुने सभालाई ओलीले संवोधन गर्ने जनाईएको छ ।
सो कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार मन्त्री वशन्त नेम्वाङ्, प्रदेश १ का प्रदेश प्रमुख तथा मुख्यमन्त्री एवम् पूर्वसभामुख सुवास नेम्वाङ्को पनि उपस्थिती रहने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय