मधेशमा भारतबाट आएका दूइचारजना कार्यकर्ताहरुले चुनाव बिथोल्न नसक्ने बताउदै उनिहरुलाइ डण्डा लगाएर स्थानीयले लखेट्ने संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चेतावनी दिएपछि अहिले यस बिषयले चर्चा पाएको छ ।
यादवले मधेशी जनता चुनावको पक्षमा रहेको बताउदै राजपाले पारीबाट मान्छे ल्याएर आन्दोलन बिथोल्छु भन्नु दिवस्वप्न मात्र भएको भन्दै कडा अभिब्यक्ति दिएका थिए ।
राजपालाइ चुनावमा ल्याउनका लागि सरकारले चुनाव सार्नेसम्मका कसरतहरु गरिरहदा यादवको यस भनाइलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनले राजेन्द्र महतो भारतीय भएको र झुक्याएर नागरिकता लिएको सम्म खुलासा गरेका थिए । यसले झनै नयाँ तंरग ल्याएको छ ।
यादव निर्वाचनमा गएर जनमत क्याप्चर गर्ने रणनीतिमा रहेकाछन् । यादवले राजपा कार्यकर्ताहरुलाइ चुनाव बिथोल्न आए त्यहाँ जनताले डण्डा लगाएर खेद्ने बताएपछि राजपाका नेताहरु भने आक्रोशित भएकाछन् ।
पारीबाट आएका मानिसहरु चुनाव बिथोल्न प्रयोग हुने भएकाले डण्डा हानेर पारी नै पठाउने उनको चेतावनी थियो ।



