योगगुरु बाबा रामदेवले शुक्रवार कोरोनाको नयाँ औषधि ल्याएका छन् ।औषधिको शुभारम्भ समारोहमा केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरी उपस्थित थिए । औषधिको नाम कोरोनिल नै राखिएको थियो ।रामदेवको पतञ्जलि आयुर्वेदले कोरोनिल ट्याब्लेटले कोभिडको उपचार गर्ने बताएको छ ।आयुष मन्त्रालयले कोरोनिल ट्याब्लेटलाई कोरोनाको औषधिका रूपमा स्वीकार गरेको छ । यसलाई सीओपीपी–डब्ल्यूएचओ जीएमपीले प्रमाणपत्र दिएको छ ।औषधि सार्वजनिक गर्दै रामदेवले योग आयुर्वेदलाई अनुसन्धानमा आधारित चिकित्सा पद्धतिका रूपमा अपनाइएको बताए ।रामदेवले भने, ‘मैले रोग नियन्त्रण गर्ने हैन, अन्त्य गर्ने हो भन्दा विगत तीन दशकमा ममाथि अनेकौं प्रश्न उठाइए । अहिले सबै प्रमाणपत्रका साथ हामीसँग २५० भन्दा बढी अनुसन्धान पत्र छन् । अब संसारमा कसैले पनि हामीमाथि प्रश्न उठाउन सक्दैन ।’यसअघि रामदेवले कोरोनाको औषधि ल्याउँदा उचित प्रक्रिया नअपनाई हतार गरेर ल्याएको भन्दै आलोचना भएको थियो ।
रामदेवले फेरि ल्याए कोरोनाविरुद्धको औषधि,–अब कसैले पनि प्रश्न उठाउने छैन
सवालनेपालसंवाददाताशुक्रबार, ७ फागुन २०७७

रामदेवले फेरि ल्याए कोरोनाविरुद्धको औषधि,–अब कसैले पनि प्रश्न उठाउने छैन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



