
मेष–वैदेशिक काममा फाइदा मिल्नेछ । भाग्यले साथ दिनेछ । वैदेशिक क्षेत्रमा प्रगति देखिन्छ । धार्मिक रुचि बढ्ने एवम् धार्मिक यात्राहुनेछ । सामाजिक क्षेत्रमा पहिचान मिल्ने तथा ठुलाबडाले साथ दिनेछन् । पद प्रतिष्ठामा वृद्धि हुने तथा राजनीतिक क्षेत्रमा पहुँच मिल्नेछ । आर्थिक क्षेत्रमा प्रगति एवम् नयाँ धनमा जोडिनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा मिल्ने तथा महिला पक्षबाट भरपुर सहयोग पाइनेछ ।
वृष–साताको सुरुमा सामान्य व्यापार हुनेछ । स्वास्थ्यले धोका दिने तथा आफन्तले साथ छोड्ने छन् । साताको मध्यमा भने काममा प्रगति देखिने तथा आफन्तजनबाट सहयोग मिल्नेछ । भाग्यले साथ दिनाले पुराना कामबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने काममा प्रशंसा मिल्ने, रोजगारीका अवसरहरु आउने तथा साथीभाइको सहयोगले वैदेशिक काममा सहजता मिल्नेछ ।
मिथुन–साझेदारीका काम लाभहुनेछ । लगानी माफाइदा मिल्नेछ। व्यावसायिक यात्रा हुनेछ । साझेदारी क्षेत्रमा फाइदा मिल्नाले नयाँ कामको योजना बन्नेछ । साताको मध्यमा भने काममा वाधा आउने तथा सामान्य गल्तीले अपजसको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा भने समयले साथ दिनाले घर बाहिरको कामबन्ने एव वैदेशिकयात्राको अवसर मिल्ने तथाधार्मिक यात्राहुनेछ ।
कर्कट–नोकरी रोजगारीमाअवसर मिल्नेछ । प्रतिष्पर्धामाजीतहुनेछ । खेलकुदएवममनोरञ्जनमा समयव्यतितहुनेछ । मुद्दा मामिलाएवमअदालतीकाममा सहजतामिल्नेछ । ठुलाबडाको साथमिल्नाले काम छिटो सम्पन्नहुनेछ । जीवन साथीबाट सहयोग मिल्नाले काममा सजिलो हुनेछ । पारिवारिक भेटघाट हुने तथा प्रेमी प्रेमीकाबीचमायाप्रेम बढ्नेछ । साताको अन्त्यमाभने सामाजिक प्रतिष्ठा गिर्ने तथाशारिरीक समस्या देखिन्छ ।
सिंह–अध्ययनमा रुचि जानेछ । शैक्षिक काममा व्यस्तता हुनेछ । कला संगीत क्षेत्रमा प्रगति हुनेछ । सन्तानको मायाले प्रशन्नता बढ्नेछ । आम्दानीको स्तर वृद्धि हुनाले धनको कारोबारमा सहजता मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम् पुरानो ऋणभार कम हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा हुने, पारिवारिक भेटघाट हुने तथा मनोरञ्जनमा खर्च हुनेछ ।
कन्या–प्रेममा अनावस्यक शंका बढ्नेछ । मानसिक अशान्ति बढेर जानेछ । घरायसी झमेला आउनाले आपसी सहयोग कम हुनेछ । चिसोको समस्याएवम स्वास्थ्यमातलमाथी पर्नेछ । अध्ययनमाभने प्रगतिएवमकलाक्षेत्रमा रुचि बढ्नेछ । सांगितिक क्षेत्रमाफाइदाएवमव्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमाभने मावली पक्षबाट सहयोग एवममाया बढ्नेछ ।मुद्दा मामिलामाफाइदाहुनेछ ।
तुला–उत्साह उमंग बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ । छोटो यात्रागर्नुपर्नेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी काम बन्नेछ । दिदीबहिनी पक्षबाट आर्थिक काममा सहयोग मिल्नेछ । साताको मध्यमाभने आफन्तजनसँग मनमुटाव एवम् मित्रतामा दरार आउनेछ । साताको अन्त्यमा भने आर्थिक कारोबार बढ्ने एवम् आकश्मिक लाभ हुनेछ । पढाइमा सफलता मिल्ने एवम सन्तानको सुख पाइनेछ ।
वृश्चिक–टाढाबाट धनको सहयोग मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । बोलीबचनबाट कामबन्नेछ । धन सम्पति जोहो हुने तथा व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । भोजनको सुख मिल्ने एवम साथीभाइसँग यात्राको तय हुनेछ । भाइ बन्धुबाट कामबन्ने एवम् जोस,जाँगर बढेर जानेछ । आत्मबल बढ्नाले काम छिटो पुरा हुनेछ । साताको अन्त्यमाभने पारिवारिक वैमनस्यता एवम् मानसिक अशान्तिले घेर्नेछ ।
धनु–साथीभाइसँग खर्च बढ्नेछ । मनोरञ्जन मादिन व्यतित हुनेछ । शंकाले मित्रतामा समस्याल्याउने एवम सामान्य वादविवाद हुनेछ । काममाभने प्रगति एवम् अरुले प्रशंसा गर्नेछन् । बोलीबचनको प्रभावले काममा प्रगति देखिन्छ । भोजभतेरमा सहभागिता एवम् सभा, गोष्टिमा निम्ता मिल्नेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाटमा दिनबित्ने एवम सामुहिक काममा खर्च हुने तथा छोटो यात्रा एवम् स्थान परिवर्तन गर्नुपर्नेछ ।
मकर–व्यक्तिगत काममा खर्च बढ्नेछ । सामान्य क्षतिहुने तथाव्ययभार थपिनेछ । फाइदाअरुलाई जाने तथा मानसिक चिन्ता थपिनेछ । साताको मध्यमा भने काममा प्रगति देखिने एवम् साथीभाइसँग रमाइलो यात्राहुनेछ । प्रेममा वृद्धि एवम धन सम्पतिको कारोबार बढ्नेछ । पारिवारिक सहयोग मिल्नाले आँटको काममा सफलता हुनेछ । बोलीवचनको प्रभावले नयाँ मित्रता कायम हुने तथा नयाँ कामको सुरुवात हुनेछ ।
कुम्भ–साथीभाइसँग यात्रा हुनेछ । आयआर्जन राम्रो हुने देखिन्छ । व्यवसायमा फाइदा मिल्नाले आर्थिक बोझ कम हुनेछ । सुख सुविधा एवम घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सास्ती एवम झन्झट बेहोर्नुपर्नेछ । सरसामान हराउन सक्ने तथा अरुको जालझेलमा घाटा मिल्न सक्नेछ । साताको अन्त्यमा भने पारिवारिक सहयोगले इच्छाएको कुरामा साथ मिल्नेछ तथा नयाँमित्र भेटघाट एवम प्रेममा प्रगति देखिन्छ ।
मीन–सरकारी काममा फाइदा हुनेछ । रोजगारीको क्षेत्रमा जिम्मेवारी थपिनेछ । काममा सफलता मिल्नाले नयाँकाममा आँट आउनेछ । रोजगारीमा खुशीयाली एवम् आर्थिक वृद्धि हुनेछ । कृषि चौपायाबाट आर्थिक फाइदा एवम् मातृपक्षबाट सहयोग मिल्नेछ । आम्दानी राम्रो हुनाले कारोबारमा सहजता आउनेछ । साताको अन्त्यमा भने कारोबार बिग्रिने तथा अरुले बाधा दिनेछन् । मानसिक तनाव बढ्नाले काम अधुरो हुनेछ ।
प्रस्तुति ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा / सम्पर्क ९८५१०७१५७४ पशुपतिजयवागेश्वरी