सरकारले दुई नम्बर प्रदेशमा तेश्रो चरणमा चुनाव गराउने भएको छ । सत्तारुढ दलहरु र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच सिंहदरबार आयोजित बैठकमा सो निर्णय भएको हो । यद्यपि, निर्वाचन आयोगले असार १४ गतेको चुनाव सार्न नहुने बताउँदै आएको छ ।
बिहीबार बसेको सत्तारुढ दलहरु र राजपाका नेताहरु बीचको बैठकमा दुई नम्बर प्रदेशको चुनाव तेश्रो चरणमा गर्ने र त्यसको मिति असोज २ गतेका लागि छलफल भएको श्रोतले बताएको छ ।
बैठकमा भएको सहमतिलाई अब मन्त्रिपरिषदको बैठकले औपचारिक रुपमा निर्णय गर्नेछ । चुनाव सार्ने सहमति भएपनि राजपाले भने चुनावमा भाग लिने नलिने कुनै निर्णय गरेको छैन ।



