
राष्ट्रिय सभा सदस्य दाहालले प्रत्रकार मञ्च दमकको अक्षय कोषका लागि ५० हजार दिने घोषणा गर्नु भएको छ । पत्रकार मञ्च दमकको ११ साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले यस्तो घोषणा गर्नु भएको हो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ अक्षय कोषका लागि सहयोग गर्नु भएको छ । उहाँले पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाललाई सो रकम हस्तान्तराण गर्नुभयो ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष गञ्जबहादुर दाहाल, प्रेस नेपालका उपाध्यक्ष कमन देवान, सामाजिक अभियन्ता सुरेन्द्रकुमार श्रेष्ठ, प्रेश संगठन झापाका संयोजक टिकाराम उप्रेती लगायतले साधारण सभाको सफलताको शुभकामना राख्नु भएको थियो ।