चितवन, १ असार ।  पर्यटक बोक्ने बसमा स्कुले बालबालिकाको खुलेआम ओसारपसार हुँदा समेत ट्राफिक प्रहरी गैरजिम्मेवार भन्ने शिर्षकको समाचार न्युज अभियानले प्रकाशित गरेसंगै चितवन ट्राफिकले सक्रियता देखाएको छ ।

उसले समाचार प्रकाशित भएको केही घण्टा मै नियम बिपरित संचालित उक्त स्कुल बसलाई कार्वाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार कल्याणपुरमा अवस्थित स्मल हेभन मोडल स्कुलले पर्यटक बोक्ने बसमा बालबालिका ओसार्ने गरेको भन्ने सूचना आएलगत्तै बच्चा लिन खैरहनी पुगेको उक्त बसलाई खैरहनीमा रहेको ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त बस चालकको हामीले लाइसेन्स मागेर पुनः बिद्यालय प्रशासनलाई लिएर मात्रै आउन भनी पठाएका थियौं । पन्तले भने, पहिलो पटक भएकोले हामीले बिद्यालय प्रशासनलाई सचेत गराई उक्त स्कुल बसको जिम्मा लगाई छाडेका छौं ।

पुनः यस्तो भए बस र चालक दुबैलाई नियन्त्रणमा लिएर कार्यालय मै थन्क्याएर राख्छौं । उहाँले भन्नुभयो : मनपरी गर्ने छुट कसैलाई छैनन् । नियम बिपरित हिंड्ने र चल्न खोज्ने जोकोही भए पनि कडा भन्दा कडा कार्वाही गर्छौं । न्यूज अभियान बाट