नेकपा एमाले दमक नगरपालिका मेयरका उम्मेदवार रोमनाथ ओलीले आफू एकपैसा पनि नखाइ जनताको सेवा गर्ने प्रतिबद्धता जनाएकाछन् ।
उनले आफू दमक नगरपालिकाको मेयर हुँदा त्यो देखाइसकेको बताउदै कमिसन खाएको र ठगेको पैसाले मतदाता प्रभावमा पार्ने दिवस्वप्न देखेकाहरुलाइ दमकका सचेत मतदाताहरुले आफै जवाफ दिने बताउदै उनले दमकबासीलाइ शुशाषन दिनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे ।
निर्वाचनमा खर्च गर्ने र तडकभडक गर्ने पैसा आफू सं नभएको बताउदै जनताको भरोसा रहेको ओलीले बताउनु भयो । झापाको दमकमा बिहिबार भएको कोणसभालाइ सम्बोधन गर्दैै ओलीले भन्नुभयो–‘मैले यहाँ सम्म आइपुग्नका लागि इमान कहिल्यै बेचिन त्यसैले साथिभाइहरुको सधै साथ र सहयोग रहयो ।’
उनले धम्क्याउन र कमिशन खान जानेको भए आफू पनि अहिले निर्वाचनमा लाखौ खर्च गर्न सक्नै हैसियतमा रहन सक्ने अवस्था आउन सक्थ्यो भन्दै आफू अर्कैको घरमा बसिरहेको स्मरण गराए ।
ओलीले गम्भिर हुँदै भने–‘मेरो अवस्था र इमान्दिारीता देखेर होला छोराछोरी पनि आफ्नो बिद्यालयमा निशुल्क पढाइदिनु भयो, बिराम पर्दा उपचार खर्च जुटाइदिनु भयो ।’ उनले इमानलाइ बन्धक राखेर कमाउधन्दामा नलाग्ने र जनतालाइ सर्वोपरि ठानेर काम गर्ने भन्दै मेयरमा आफूलाइ जिताउन आग्रह गरे । ओली निक्कै भावुक बनेका थिए । उनको कुरा सुनेर मतदाताहरुले आँशु झारेका थिए ।
ओली दमकमा सादकी जिबनका पर्याय र इमान्दार ब्याक्तिको रुपमा छबि बनाएका ब्याक्ति हुन् । ओलीले बजेटको सहि सदुपयोगले दमकको बिकास सम्भव हुने भएकाले उक्त बजेटलाइ सहि सदुपयोग गर्ने जनाए ।
दमकबासीहरुले आफूलाइ जिताएको अवस्थामा कहिल्यै शिर निहुरियाएर र गलत मान्छेलाइ मतदान गरिएछ भनेर भन्ने मौका नदिने भन्दै जनता सधै सत्यको पक्षमा रहने स्पष्ट पारे ।



