काठमाडौं– पर्सामा सशस्त्र प्रहरी बलको १३ नम्बर गण उद्घाटन गरिएको छ। मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गणको उद्घाटन गरेका हुन्।गणको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी कार्यक्षेत्रमा अहोरात्र परिचालित भई सीमा सुरक्षा, नागरिकको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा खटिएर व्यावसायिक कार्यसम्पादन गरिरहेको बताएका छन्।

सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप, चोरीतस्करी नियन्त्रण तथा सीमा अपराधन नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालको अहम भूमिका रहेको बताउँदै कार्यक्षेत्रमा खटिदा अन्य सुम्बद्ध अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्दै अनुशासित एवं इमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा कृायशिल रहन निर्देशन दिए।सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जिल्लाको सीमावर्ती स्थानमा अवस्थित अन्य सशस्त्र प्रहरी बल, नेपालका बोर्डर आउट पोष्ट तथा सुरक्षा वेश र पकाह मैनापुरमा निर्माणधिन अवस्थामा रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भवनको समेत निरीक्षण गरेका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतम, पर्सा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय भद्रभलाद्मी लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय