काठमाडौं । भनिन्छ नि, अब सारा दुनिया तपाईंको मोबाइलमै समेटिन थालेको छ । मोबाइलबाटै तपाईं विश्वभरका जानकारी पाउनुका साथै अनेकौं काम समेत गर्न सक्नुहुन्छ ।जब मोबाइलबाट राम्रो फोटो खिच्ने कुरा आउँछ, त्यसलाई अझ सुन्दर बनाउन एन्ड्रोइड र आईओएसमा अनेकौं एपहरु पाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई एन्ड्रोइड तथा आईओएस मोबाइलका लागि केही फोटो एडिटिङको बारेमा बताउँदै छौं ।
स्नापसीड फिचर्स: जब मोबाइलमा फोटो एडिटिङ एपको कुरा आउँछ, स्नापसीडको कुरा पनि अवश्यक आएकै हुन्छ । यो एपमा कयौं आकर्षक फिचर तथा फिल्टरहरु छन् ।जसको सहयोगमा तपाईंल आफ्नो तस्वीरलाई निकै आकर्षक बनाउन सक्नुहुन्छ । स्नापसीडमा हिलिङ, ब्रश, स्टक्चर, एचडीआर, प्रस्पेक्टिभ जस्ता २९ भन्दा धेरै टूल तथा फिल्टर छन् ।यसमा तपाईंले ट्युन इमेज, क्रप, रोटेट, ह्वाइट ब्यालेन्स, ब्रश, रअ डेभलप, भिग्निटी, कर्भ्स, एक्सपाण्ड, लेन्स ब्लर, ग्लामर ग्लो, भिन्टेज, नोयर, एचडीआर स्केप, फ्रेम, फेस पोज सहितका कयौं फिल्टर पाउन सक्नुहुन्छ ।
एडोबी लाइटरूम : एन्ड्रोइड स्मार्टफोनका साथै आईफोनका लागि समेत उपलब्ध यो उत्कृष्ट एपलाई तपाईंले आफ्नो मोबाइलमा फोटो एडिटरका साथै प्रो क्यामेराको रुपमा समेत प्रयोग गर्न सक्नुहुन्छ ।यसमा कयौं फिल्टरका साथै यस्ता टुलहरु छन्, जसको सहयोगमा फोटो खिच्नेदेखि फोटो एडिटसम्मको प्रक्रियामा तपाईंलाई सहज बनाउन सक्छन् । यो एपमा फोटो क्रप तथा रोटेटका साथै हिलिङ ब्रश, कलर एडजस्टमेन्ट, कलर ग्रेडिङ आदिको हिसाबले तपाईंको तस्वीरलाई आकर्षक बनाउन सघाउँछन् ।
यो एपको माध्यमबाट तपाईंले आफ्नो सामाजिक सञ्जालमा समेत उच्च गुणस्तरको फोटो शेयर गर्न सक्नुहुन्छ । यो एपको खास विशेषता के छ भने यसमा प्रो लेभलका फोटोग्राफी टुलहरु समेत छन्, जसको सहयोगमा तपाईं गज्जबको फोटोग्राफी गर्न सक्नुहुन्छ ।
भिस्को: फोटो तथा भिडियो एडिटरः एन्ड्रोइड मोबाइल तथा आईफोनमा निकै लोकप्रिय फोटो तथा भिडियो एडिटिङ एप हो भिस्को । जसका विश्वभर लाखौं प्रयोगकर्ता छन् ।यो एपमा कयौं यस्ता एडिटिङ टुल छन्, जसको सहयोगमा तपाईं अब्जेक्टको साथमा ब्याकग्राउण्ड समेत आकर्षक बनाउन सक्नुहुन्छ । यसमा सानदार इफेक्टहरु पनि छन् ।फोटोमा टेक्चर तथा मिमिक एनालग फिल्म इफेक्ट राख्न सकिन्छ । यसमा एचएसएल तथा स्प्लिट टोनका साथै फ्रेम योर इमेज फिचर समेत आकर्षक छन् ।भिस्को केवल फोटो मात्र नभएर भिडियो एडिटिङका लागि पनि उपयोगी छ । यो एपको सहयोगमा तपाईंले सहजै भिडियो समेत एडिट गर्न सक्नुहुन्छ ।
फोटो डिरेक्टर: एन्ड्रोइड फोनका साथै आईफोनका लागि उपलब्ध फोटो डिरेक्टर एप अनेक हिसावले आकर्षक छ । यसका टुल तथा फिचरहरुले तपाईंलाई फोटो एडिट गरौं गरौं बनाउनेछ ।यसमा अब्जेक्ट रिमुभल, फेश शेपर, स्काई रिप्लेसमेन्ट, लाइट रे, इजी टु युज ह्वाइट ब्यालेन्स, एचडीआर, भिग्निट टुल, म्याजिक ब्रश, फोटो रिटच, सेल्फी एडिटर, रेड आई रिमुभल टुल र पिक कलेज मेकर पाउन सक्नुहुन्छ । त्यस्तै, ग्रेडियन्ट मास्क, ब्लर फोटो एडिटर, स्टिकर मेकर, इमेज क्रप एन्ड रोटेट, ब्राइटनेस, कन्ट्रास्ट, वार्म, स्याचुरेसन एडजस्टमेन्ट, हाइलाइट्स एन्ड श्याडोज जस्ता कयौं महत्वपूर्ण फिचर समेत यसमा छन् ।










