तेल, मसला वा अचारमा छोपका रुपमा भान्सामा प्रयोग गरीन आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार पनि हो । यसलाई प्राचीनकालदेखि नै खाद्यपदार्थको रूपमा प्रयोग गरिन्थ्यो भने आयुर्वेदको चरक संहितामा समेत यसको उपयोगबारे उल्लेख छ ।

आलसमा थोरै मात्रामा चिनी, प्रोटिन, क्याल्सियम, पोटासियम, फलाम, जिंक, फास्फोरस समेत पाइन्छ । यसमा कोलेस्ट्रोल र सोडियमको मात्रा अत्यन्त न्यून र रेसा (फाइबर) को मात्रा निकै बढी हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आलसको तेलमा ग्लिसराइड र अनेक महत्वपूर्ण बोसो भएको अम्ल हुन्छ । यस्तो अम्लमा लिनोलिक र लिनोलेनिक नामक एसिड, पामिटिक, स्टियरिक, ओलिक एसिडको बाहेक मुटुलाई स्वस्थ राख्ने ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले रक्तनलीमा बोसो जम्मा हुन दिँदैन ।

के के छन् आलस सेवनको फाइदाहरु :

१. आलसमा २७ प्रकारका क्यान्सररोधी तत्व पाइने भएकाले क्यान्सर हुनबाट जोगाउँछ ।

२. पुरुषमा प्रोस्टेट र महिलामा हुने स्तन क्यान्सर रोकथाममा आलस सेवन राम्रो हुन्छ ।

३. आलसको नियमित सेवनले शरीरले ऊर्जा पाउँछ, तनाव हट्छ ।

४. नियमित यसको सेवन गर्दा रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।

५. यसको सेवनले जोर्नीको कडापनलाई हटाउनुका साथै पेटलाई सफा गर्छ ।

६. आलस सेवन गर्नेहरूलाई कब्जियतले सताउँदैन ।

७. आलसको नियमित सेवनले हृदयरोगको खतरा र रक्तचाप नियन्त्रित गर्छ ।

८. आलसको नियमित उपयोगले छालालाई स्वस्थ हुनका साथै सुक्खापना हटाउँछ ।

९. यसको सेवनले कपाल र नङलाई बढाउँछ, साथै तिनलाई स्वस्थ र चम्किलो बनाउँछ ।

१०. आलसले छालाको बढ्दो उमेरको असरलाई समेत कम गर्छ ।

११. आलसको नियमित सेवनले रजोनिवृत्तिसँग सम्बन्धित समस्या समेत कम हुन्छ ।

१२. यसको सेवनले मासिक धर्मको समय हुने दुखाइ कम हुन्छ, गर्भाशयलाई स्वस्थ राख्छ ।

-खबरहब बाट