प्रहरीले बैंकिङ्ग कुसूर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

बिहीवार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले फरार प्रतिवादी ४४ वर्षीय सुरेश मानन्धरलाई ललितपुरको झम्सीखोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

पीडितहरु सुमित मल्ल भन्ने सुमित राज मल्ल र कविन्द्र श्रेष्ठले दिएको जाहेरीका आधारमा मानन्धरलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

उनलाई गत मंसिर १५ गते उच्च अदालत पाटनले बैंकिङ्ग कसुरको २ मुद्दामा क्रमशः २० दिन कैद र ३० लाख जरिवाना तथा १५ दिन कैद र २६ लाख जरिवाना गरि कुल १ महिना ५ दिन कैद र ५६ लाख जरिवाना सुनाएको थियो ।

त्यसपश्चात फरार मानन्धरले आफ्नो खातामा प्रयाप्त रकम नभएको भन्ने जानी जानी लक्ष्मी बैंक लिमिटेडको चेक जाहेरवालालाई दिएका थिए । उनलाई पक्राउ गरि बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिम कसूरमा दफा १५(१) बमोजिम सजाय हुनेछ ।
-लोकपथ बाट

प्रतिक्रिया

सम्बन्धित खवर