काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व उम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् ।

श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहद कार्यक्रम आयोजना गरी उम्मेदवार सार्वजनिक गरिएको थियो ।

उम्मेदवार भई भोट मागिरहेको अवस्थामा पार्टीले बिना जानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उम्मेदवार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिक स्रोतले जनाएको छ ।

परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण भएको बताए पनि प्रहरीले भने कारण खुलाएको छैन ।

टिकटका बिषयमा नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवन कार्कीले वडा कमिटीले खुल्ला सदस्यका लागि सिफारिस मात्र गरेको बताए ।

उनले भने, ‘वडा कमिटीले ३–४ जना साथीहरुको नाम सिफारिस गरेको थियो, त्यसमध्ये जिल्लाको छनौटमा उहाँ पर्नु भएन ।’

स्थानीयले भने, ‘जाल्पा चिलाउनेमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको नाम सार्वजानिक गरी मतदातालाई परिचय गराइएको थियो ।’

तामाङ समुदायको जनसंख्या निकै रहेको उक्त वडामा माओवादी केन्द्रबाट तामाङ समुदायको उम्मेदवार नपरेपछि उक्त समुदायबाट निकै दवाव सृजना भएको थियो ।

एमालेले सोही वडामा वडाध्यक्ष पदमा धौरीका उपेन्द्र तामाङलाई उम्मेदवार बनाएपछि माओवादीभित्र तामाङ समुदायको निकै ठूलो दवाव रहको माओवादी स्रोतले बताएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah