संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचन स्थगन गर्ने सत्तारुढ दल र सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

आफ्नै निवास विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग यादवले निर्वाचन सार्ने निर्णय गरेका सत्तारुढ काँग्रेस र माओवादी केन्द्र तथा सार्न दबाब दिने राष्ट्रिय जनता पार्टी (राजपा) प्रति कडा रुपमा प्रस्तुत भए ।

निर्वाचन पछि धकेल्ने कार्यलाई उनले षड्यन्त्रपूर्ण र मधेस विरोधी गतिविधिको संज्ञा दिए । ‘दुई नम्बर प्रदेशलाई घेराबन्दी गर्नका लागि तेश्रो चरणमा निर्वाचन गर्ने काँग्रेस–माओवादीको पुरानै योजना हो’, यादवले भने, ‘यसमा राजपाले पनि सहयोग गरेको छ ।’

अन्यत्र निर्वाचन सकिएपछि दुई नम्बरमा राज्य शक्तिको दुरुपयोग गर्न सजिलो हुने ठानेर त्यस्तो निर्णय गरिएको आरोप उनले लगाए ।

यादवले दुई नम्बर प्रदेशलाई छाडेर गरिने निर्वाचन मधेसका लागि घातक र मधेसको अस्तित्वमाथिको आक्रमण भएको आरोप लगाए । उनले मेचीदेखि महाकालीसम्म २० जिल्लामा फैलिएको मधेसको भूभाग ८ जिल्लामा सीमित पार्ने षड्यन्त्रअन्तर्गत त्यस्तो गरिएको बताए ।

‘तीन चरणमा हुने चुनावले सबैभन्दा बढी घाटा मधेसलाई नै छ’, उनले भने, ‘मधेस भनेको ८ जिल्ला मात्र हो भन्ने सन्देश दिन खोजिएको छ ।’ यादवले राजपाले आन्दोलनका नाममा मधेसमा अराजकता प्रदर्शन गरिरहेको आरोप लगाए । राजपा दिशाहीन र गन्तब्यविहनी भएको आरोप पनि लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah