महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा ३७ हजार ५ सय  जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो भने आवेदकमध्ये १४ लाख ९९ हजार १ सय ८२ जनाको हात खाली भएको छ ।कुल १५ लाख ३६ हजार ६ सय ८२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो ।बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको हो । महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय