मेष–प्रेममा वाधा र मनमुटावले तनाव बढ्नेछ । मुटु एवं स्वास्थ्यमा समस्या आउनेछ । मातृपक्षसँग मनमुटाव एवम स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम् परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ती एवम् कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने शुरू गरेको काम रोकिने, स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ ।

वृष–आकस्मिक धनको प्राप्ति हुनेछ । कला, संगीतमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकुदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमा भ्रमण हुने, साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ ।

मिथुन–सम्झौतामा अवरोध हुनेछ । काममा बादविवाद हुनाले चोटपटकको भय हुनेछ । धनको कुरामा पारिवारिक समस्या आउनेछ । सरसल्लाह नमिल्नाले काम रोकिनेछ । जग्गा जमिनको विवाद एवम् मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयश्रोत बढ्ने, विद्यामा रुचि जाने एवम् सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ ।

कर्कट–साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।

सिंह–बाेलीवचनले राम्रो प्रभाव पार्नेछ । पारिवारिक भेटघाट रहनेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवम् छोटो यात्राको तय हुनेछ । मानसिक आत्मवल बढ्नाले काम छिटो पूरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारिक समस्या एवम् मानसिक अशान्ति बढ्नेछ । सरसल्लाह नमिल्नाले नयाँ योजनामा अवरोध आउनेछ ।

कन्या–यात्रामा रमाइलो मिल्नेछ । मनोरञ्जनमा खर्च हुनेछ । नयाँ मित्र भेटघाट एवम् साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागिता भइने एवम् व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेश सम्बन्धी कामबाट फाइदा एवम् जिम्मेवारी थपिनेछ । सामाजिक एवम् सामुदायिक काममा प्रशंसा मिल्नेछ ।

तुला–औषधोपचारमा धनको व्यय हुनेछ । अनावश्यक खर्च बढ्नेछ । झुटो आरोप आउन सक्नेछ । आर्थिक कारोबार घट्ने एवम् यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारिवारिक सहयोगम मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ ।

वृश्चिक–सन्तानको सहयोगले आर्थिक समस्या समाधान हुनेछ । नयाँ व्यवसायमा व्यस्तता एवम् लगानी बढ्नेछ । आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम् विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवम् काममा बाधा आउनेछ । साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।

धनु–राजनीतिमा स्थान एवम् नयाँ जिम्मेवारी मिल्नेछ । कला र क्षमतामा मानसम्मानको योग रहेको छ । काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवम् भोगविलासमा खर्च हुनेछ । नयाँ मित्रसँग भेटघाट एवम् आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुनसक्नेछ ।

मकर–वैदेशिका काम अगाडि बढ्नेछ । नयाँ मित्रता कायम हुने्छ । प्रेममा खुशी बढ्नेछ । धार्मिक भावना आउनेछ । परोपकारमा मन जाने एवम् सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवम् ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा कारोबार वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवम् कृषि चौपायामा सफलता मिल्नेछ ।

कुम्भ–साथीभाइले साथ छोड्नेछन् । घरबाहिरको काममा अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवम् काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा भने लामो यात्राको तय हुने एवम् धर्म कर्ममा खर्च हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा नोकरीबाट लाभ एवम् काममा प्रतिष्ठा मिल्नेछ ।

मीन–साझेदारीमा फाइदा आउन थाल्नेछ । व्यापारिक छोटो यात्रा हुनेछ । पारिवारिक जमघट रहनेछ । प्रेममा प्रगति एवम् ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यावसायिक यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन् एवम् अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवम् आँटेको कुरामा फाइदा मिल्नेछ ।

ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah