
ताप्लेजुङ, १८ फागुन । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा स्थित दोभान बजारमा भीषणा आगलागी भइरहेको छ ।
मंगलबार बिहान ९ बजेतिर भोला पौडेलको घरबाट विद्युत् चुहिएर शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा नआएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिएका छन् । अनुसार अहिलेसम्म दोभान बजारका ३५ घर पूर्ण रुपमा जलेर नष्ट भइसकेको उनले बताएका छन् । ‘आगो नियन्त्रण भन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम हुँदैछ’, कार्कीले भने ।
अहिले आगलागी भएको क्षेत्रमा ताप्लेजुङको दमकल पुगिसकेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि दमकल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिएका छन् । सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिएका छन् ।